• 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

धनकुटा मंसिर २४
धनबहादुर ले फुलमाया लाइ सधै जसो जाड रक्सि खाएर घरमा आएर श्रीमतीलाइ कुट्ने यातना दिने मनपरि भनेर गालिगर्ने गर्थे गालि गर्नु र कुट्नु को कारण थियो धनबहादुर र फुलमयाको छोरि मात्र थियो छोरा जन्मिएको थिएन अर्को कारण थियो  दाइजोमा फुलमायाका बाबुआमाले  मोटरसाइकल नदिएको, एक दिन रक्सि खाएर  फुलमायालाइ कुटि रहेको बेला धनबहादुर र फुलमायाको छोरी एकजना दिदिलाइ देख्छ उनी हुन्छीन महिला अधिकार कर्मि रुपा ,रुपा लाई आमालाई बचाउनका लागि गुहार्न पुग्छे तर रुपा भने लैंगिक हिंसाको १६ दिने अभियानमा हिनिरहेको हुन्छ र रुपा एक महिला महिला अधिाकर कर्मि पनि हुन्छ  धनबहादुर बाट फुलमायालाइ बचाउदै धनबहादुरलाई रुपाले सम्झाउन थाल्छ तर धनबहादुर ले बाठि नबन भन्दै उल्टेै रुपालाइ पनि मनपरि भनेर गालिगरेर पठाउछ भोलि पल्ट गाउका केहि यूवा र महिला अधिाकर कर्मि पिडित महिला फुलमाया सहित नजिकैको प्रहरी कार्यलयमा गएर उजिरि दर्ता गर्छ , उजुरी दर्ता पछि पुलिस ले धनबहादुर लाई समातेर ल्याउछ समातेर ल्याइ सके पछि धनबहादुर  लाई कानुनी कारबाहि को प्रक्रिया सुरु हुन्छ, एक दिन प्रहरीले दइजनालाइ राखेर छलफल बहस गरेपछि धनबहादुर लाइ  पनि मइले महिला माथि हिंसा गरिरहेको महसुस हुन्छ आगामि दिनमा छोरा  जन्माउनु पर्यो छोरा चाहिन्छ , माइतिबाट मोटर    साइकल दाइजो दियन भनेर गालि     गर्दिन   श्रीमतिलाइ कुटदिन छोरा छोरी  एउटै हो छोरीलाइ  पढाएर पाइलट बनाउछु भन्दै दुबैजना मिलेर घरफकिन्छ नाटक पनि सकिन्छ । विशेषत यो घट्ना लैगिक हिसां विरुद्धको १६ दिने अभियानमा प्रस्तुत गरिएको सडक नाटक को कथा हो । नाटकले अहिले पनि हाम्रो समाजमा घटिरहने एक घट्नालाई जनचेतनाको लागि नाटक रुपमा प्रस्तु गरिएको थियो ।


महिला माथि छोरा नजन्माउदा छोरी मान्छेमाथि एउटा पुरुषले गर्ने व्यहार मानसिक पिडा, यातना ,सोसन , दाइजो धेरै नल्याउदा महिला  माथि गर्ने सोसन ज्याजति अत्यचार सहेर बस्नु हुन्न  भन्ने सन्देश  नाटक ले दिइरहेको थियो । अन्यायमा  पर्दा  न्यायको लागि एउटा महिला किनर कसरि जान सक्दैनन काहा जानु पर्छ उजुरी कसरी दर्ता गर्ने भन्ने विषयमा पनि जानकारी दिएको थियो । नाटक आयोजक टिमले तयार पारेका थिए ।


लैंगिक हिसां विरुद्धकोे १६ दिने अभियानको अवसरमा समानताको पुस्ता , बलत्कार विरुद्ध एक्यवद्ध भन्ने नाराका साथमा मानवअधिकार रक्षक सञ्जाल धनकुटा ,शस्त्र बल छिन्ताङ गुल्म धनकुटा,महिला पुनर स्थापना केन्द्र धनकुटा ,जिल्ला प्रहरि कार्यलय धनकुटाको संयूक्त आयोजनामा मंगलबार हिलेबजारमा आयोजना गरिएको सडक नाटक प्रद्धर्शन कार्यक्रम महिला पुनरस्थापना केन्द्र धनकुटाका अध्यक्ष जया राइको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि धनकुटानगरपालीका प्रमुख चिन्तन तामाङ ले सामाजिक ,लैंगिक ,महिला हिंसा मुक्त स्वस्थ समाज निर्माण गर्न का लागि शिक्षा र आर्थिक रुपमा सबल हुनु पर्ने बताउनु भयो । उहाले लैंगिक हिंसा, घरेलु हिंसा विरुद्ध को जनचेतना मुलक कार्यक्रम धनकुटा नगरपालिकाको १० ओटै वडामा सञ्चालन गर्ने बताउनु भयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारि डा. कृष्ण बहादुर घिमिरे ले पनि कुनै पनि हिंसा कसैले सहेर गाँउ समाजमा पालेर बस्नु नहुने भन्दै गाँउ समाजमा विकास निर्माण को क्षेत्रमा असर पु¥याउने भएकाले जिल्ला प्रशासन ,जिल्ला प्रहरि कार्यलय स्थानिय सरकार यस्ता कुरीति विसंगति न्यूनिकरणका लागि लागिरहेको बताउनु भयो । सोहि अवसरमा धनकुटानगरपालिका को उपप्रमुख सकुन्तला बस्नेतले लि¨को आधारमा हुने हिंसा ,दाइजो नपाएर मलिामाथि हुने हिंसा, घरेलु हिंसा लगाएतका यस्ता घट्ना र परम्परागत मुलयमान्यता हटाउनका लागि समाजका सचेत वर्ग हरु लागि पर्नु पर्ने भन्दै कुनैपनि कुरा एक दुइजना लागि परेर परिवर्तन गर्न सम्भव नरहेको भन्दै सबैको सोचाइ बिचार परिवर्तन हुन आवश्यक रहेको बताउनु भयो ।

  • 45
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here