•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौः निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सक)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

काभ्रेको धुलिखेलमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्मराज ढकाल, सचिवमा दिबेस खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी चयन भएका छन् ।

नव निर्बाचित कार्यसमितीलाई निर्बाचान आयुक्त अधिबक्ता सिपी आचार्यले सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले मन्तव्य राख्दै चौथो अधिबेशन बाट म र मेरो टिमलाई बिस्वास गरि निर्बिबाद कार्यसमिति चयन गर्न सहयोग गरेकोमामा निबर्तमान कार्यबाहक अध्यक्ष, सस्थापक अध्यक्ष , पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत बिधालयका सम्पुर्ण प्रतिनिधिहरुलाइ धन्यवाद ब्यक्त गर्दै आफुलाइ दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने, प्याब्सकको एकता, भातृत्व, भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउदै प्याब्सकलाई सबल र आर्थिक रुपमा समृद्ध प्याब्सक बनाउने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here