• 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

इजरायल- १४ डिसेम्बर २०१९ शनिबार तेलअभिव स्थित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यलयमा राष्ट्रिय तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ इजरायल विच आधिकारिक रुपमा ऎतिहासिक एकता घोषणा सम्पन्न भएको छ।

इजरायलमा कार्यरत नेपाली तामाङ दिदिबहिनी, दाजुभाई हरुले आफ्नो समुदायको राष्ट्रिय मौलिक भाषा लिपि, धर्म संस्कार, संस्कृति रितिरिवाज परम्परा लाई जगेर्ना गर्ने मुख्य उदेश्यका साथ सन् २०१४ मा स्थापित नेपाल तामाङ घेदुङ इजरायल र सन् २०१७ मा स्थापित राष्ट्रिय तामाङ घेदुङ यी दुईवटा संस्था बीच ऐतिहासिक एकता घोषणा पश्चात हिजोको मिति बाट सम्पूर्ण नेपाली राष्ट्रिय तामाङ समुदायहरुका निमित्त एक मात्र साझा संस्था नेपाल तामाङ घेदुङ इजरायल मात्र रहने एकता घोषणा पत्रमा दुवै संस्थाले लिखित रुपमै हस्ताक्षर गरेको छ ।

दुई संस्था विचको यो ऐतिहासिक एकता घोषणाले विश्वका तामाङ समुदायमा सकरात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा पनि खुसि ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएको छ । दुवै संस्थाबाट एकता हुनको लागि राष्ट्रिय तामाङ घेदुङ,इजरायल को तर्फबाट विक्रम मोक्तान तामाङको संयोजकत्वमा र नेपाल तामाङ घेदुङ,इजरायल बाट अध्यक्ष अनिला मोक्तान तामाङ ले समन्वय गर्नु भएकी थिइन।

उक्त कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका निभाउनु हुने सम्पुर्ण अग्रजहरु नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर, नेपाल मगर संघ इजरायलका उपाध्यक्ष मन राणा मगर, संस्थाका पदाधिकारीहरू लगायत एकता घोषणा कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेपाल तामाङ घेदुङ,इजरायलको तर्फबाट धन्यवाद व्यक्त गरेको छ ।

यो एकताले इजरायलमा कर्मथलो बनाउदै आईरहेका तामाङ दाजु भाइ तथा बिश्व भर छरिएर रहेका तमाम तामाङ समुदायको शिरलाई उच्च बनाउदै “ आजको आवश्यकता विश्वको तामाङ एकता” भन्ने मूल मन्त्रलाई हामी कोहि कसैले पनि भुल्न नहुने र एकतामा नै हाम्रो शक्ति हुने भएकोले अब हामी फुटेर होइन जुटेर सबै मिलि एकसाथ ताम्सालीङ स्वायत्त प्रदेश स्थापनाका लागी दिलै बाट सशक्त रुपमा लागि पर्न विश्वमा रहनुभएका सम्पूर्ण आम नेपाली तामाङ दाजुभाइ हरुमा विन्रम पुर्वक हार्दिक आह्वान समेत गरेको छ।

  • 110
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here