• 580
  •  
  •  
  •  
  •  
  •  
  •  
    580
    Shares

धनकुटा पौष ४
धनकुटाको छथर जोरपाटि गाउपालिकामा सुक्रबार पुषे मेला तथा पुरुष खुल्ला नक आउट फुटबल प्रतियो गिता सम्पन्न भएको छ । छथर जोरपाटि गाउपालिका वडानम्वर ५ पिपल डाडेमा पुसे मेला को अवसरमा साहारा युबाक्लब ले आयोजना गरेको पुरुष खुल्ला नकआउट फुटवल प्रतियोगिता को उपाधि काजिमाने एकता समाज छथर जोरपाटि ले जितेको हो ।

      

गत मंसिर २९ गते देखि सञ्चालन भइरहेको पुरुष खुल्ला नकआउट फुटवल प्रतियोगिता को आज सम्पन्न फाइनल खेलमा चुलाचुली युबा क्लब र काजिमाने एकता समाज बिच भएको खेलमा १ का विरुद्ध ५ गोल लगाउदै काजिमाने एकता समाज ले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । जित संगै काजिमाने एकता समाज ले नगद रु ५० हजार सहित कप मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उप बिजेता चुलाचुली युवा क्लब ले नगद रु ३० हजार सहित मेडल प्रमाण पत्र पाएका छन् ।

प्रतियोगिताको वेस्ट गोल किपर राजेश लिम्बु र बेस्ट डिफेन्डर उमेश राई काजिमाने एकता समाजका भएकाछन् । त्यस्तै प्रतियोगितााको हाइस्कोरर सुजन लिम्बु र बेस्ट प्लेएर चुलाचुली युबा क्लब छथर जोरपाटि का  भएकाछन्  भने उनिहरुलाई कप मेडल प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितको बिजयि हुने टिम तथा खेलाडिहरुलाई खेल समापन समारोहका प्रमुख अतिथि छथर जोरपाटि गाउपालिका प्रमुख सेर बहादुर लिम्बु , विशेष अतिथि छथर जोरपाटि गाउपालिका उपप्रमुख भिमकला श्रेष्ठ राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बलदिप राई ,छथर जोरपाटि वडानम्वर ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार लिम्बु , साहारा युबा क्लब छथर जोरपाटि वडानम्वर ५ का अध्यक्ष राजन लिम्बु लगाएत ले प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा धनकुटा र तेह्रथुमका गरी जम्मा १८ ओटा टिम ले सहभागिता जनाएका थिए । साथै उत्त पुषे मेला हरेक एक वर्षमा स्वर्गिय केदार नाथ श्रेष्ठको स्मृतिमा लाग्दै आएको चुलाचुली युबा क्लबका अध्यक्ष पदम श्रेष्ठ ले जानकारी दिनु भयो । उक्त मेलाको अवसरमा सुक्रबार खुल्ला लोक नृत्य प्रतियोगिता तथा रोटेपिङ लगाएतका मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरीएको क्लबका प्रकाश लिम्बुले बताउनु भयो

  • 580
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here