• 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

धनकुटा पौष ५
प्रदेश स्तरीय राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा १ नंम्बर प्रदेश स्तरीय भेला धनकुटाको चौबिसे गाउपालिकामा आज सम्पन्न भएको छ । भेलाले नैन विस्वकर्मा को अध्यक्षतामा १५ सदस्य प्रदेश १ स्तरीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।

 

प्रदेश नं १ का प्रदेश सभा सदस्य निर राई को प्रमुख अतिथ्यमा सम्पन्न भएको भेलामा भेलालाइ सम्बोधन गर्नु हुदै प्रदेश सभा सदस्य निर राई ले दलित पत्रकारहरु एक भएर आफ्नो हक अधिकार स्थपीत गर्नका लागि आवज उठाउनु पर्ने भन्दै उहाले प्रदेश सरकार को तर्फबाट दलित पत्रकार हरुको क्षमता अभिवृद्धि गर्नका लगि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 

भेला बाट नैन विस्वकर्मा को अध्यक्षतामा प्रदेश १ सतरीय कार्यसमिति गठन गरिएको । अध्यक्षमा नैन विस्व कर्मा, उपाध्यक्ष गंगा कहादुर विस्व कर्मा, सचिव रनध्वज लुहार ,सहसचिवमा मेनका विस्वकर्मा ,कोषाअध्यक्ष पदम कुमार सरदार गरी जम्मा १५ सदस्य दलित प्रत्रकार संघ गठन गरिएको आयोजक ले जनाएको छ । उत्त भेलामा प्रदेश सांसद विनाकुमारी राई ,उमिका बराइल ,समा गजमेर , झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी सोम नाथ पर्सैल ,चौबिसे गाउपालिका प्रमुख खजिन्द्र कुमार राई , उप प्रमुख यज्ञ कुमारी रुचाल लगाएत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

  • 38
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here