• 114
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

धनकुटा पौष ५
धनकुटा पाख्रिबास नगरपालीका मा बसोबास गर्ने तामाङ समुदाएहरु आफ्नो सास्कृतिक बाजा टुङ्ना र डम्फु पछिल्लो समय लोभ हुदै गएको भन्देै संरक्षण तथा प्रवद्धनमा जुटेका छन् ।

तामाङ समुदायको डम्फु संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले सनिवार देखी धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.९ चुङवाङ्गमा २ दिने प्रशिक्षण शुरु भएको छ । पाख्रीवास नगरपािलका वडा नं.९ को वडा कार्यालयको आर्थिक सहयोग र तम्वा संघ वडा इकाई समितिले आयोजनामा सम्पन्न २ दिने तम्वा संस्कृति सम्वन्धि प्रशिक्षण कार्यक्रमको सहजीकरण तम्वा संघ संघिय समितिका अध्यक्ष धावा वाङ्गेल मोक्तानले प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गरिरहेका छन् ।

तम्वा संघ धनकुटाको स्थानिय संयोजनमा शुरु भएको २ दिने प्रशिक्षण कार्यक्रमको समुद्धघाटन पाख्रीवास नगरपालिका वडा नं.२ का वडाध्यक्ष चन्द्रलाल घिसिङले गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका घिसिङले तामाङ समाजमा युवा पुस्ता माझ तम्वा संस्कृति हराउँदै गएकाले युवा पुस्तामा तम्वा संस्कृति स्थापित गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको वताए । उनले हरेक आर्थिक वर्षमा थोरै वजेट विनियोजन गरेर भए पनि युवा पुस्तामा डम्फु, टुना र तम्वा संस्कृति सम्वन्धि ज्ञान दिने उदेश्यले वडा कार्यालयले वजेट तथा कार्यक्रम तय गरेको वताए । उनले आगामी वर्ष पनि तम्वा संस्कृति सम्वन्धि कार्यक्रम आयोजना गर्ने वताएका छन् । तम्वा संस्कृति सम्वन्धि तालिमको सहजीकरण गर्दै तम्वा संघ संघिय समितिका अध्यक्ष धावा वाङ्गेल मोक्तानले तम्वा विधा के हो ?, डम्फु के हो ?, तम्वा भित्रको रिमठिम के हो ?, परापुर्वकाल देखी पिता पुर्खाहरुले चलाई ल्याएको चलनलाई अहिलेको युवा पुस्ताले कसरी अनुसरण गरिहेका छन् आदीको वारेमा सहजीकरण गरेका थिए । तालिम अवधी भर पाख्रीवास नगरपालिका भित्रका ३० जना युवायुवतीहरुले भाग लिएकाछन् ।

 

तालिम उद्धघाटनसत्रमा नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान, तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान, तम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, पाख्रीवास नगर घेदुङका निवर्तमान अध्यक्ष जंङ्गवहादुर वम्जन, महिला घेदुङ धनकुटाका अध्यक्ष पेमा कुमारी लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिम समुद्धघाटन सत्रको अध्यक्षता ९ नम्वर वडा घेदुङका अध्यक्ष जयवहादुर मोक्तानको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन तामाङ पत्रकार संघ संघिय समितिका सदस्य मानवी मोक्तानले गरेका थिए ।

  • 114
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here