•  
  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तरगत आज भएको खेलमा साविक विजेता पोखरा पल्टन आफ्नो अन्तिम खेल खेलिरहेको छ । पोखरा रंगशालमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले धनगढी ब्लुजलाई ८० रनको सामान्य लक्ष्य दिएको छ ।

पोखराले १६ ओभर ३ बल खेल्दै अल आउट हुँदै ७९ रन मात्र बनाउन सक्यो । पोखराले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ६ रन बनाएर आउट भए ।

तेस्रो ओभरका पोखराले लगातार दुई विकेट गुमायो । तेस्रो ओभरको तेस्रो बलमा कप्तान शरद भेषवाकर ४ रन बनाएर आउट भए । यसैगरी, यही ओभरको पाँचौ बलमा रविइन्दर सिंह आउट भए ।

यस्तै, पोखराका विनोद भण्डारीले १२ रन, कुशल मल्लले २ रन, कृष्ण कार्कीले १ रन जोडे ।

आजको खेलमा फराकिलो जित निकाल्दै दुवै टोली अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्‍ने योजनामा रहेको छ । प्लेअफको सम्भावना दुवै टोलीको बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here