•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । सुनसरी नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो ।

प्रहरीका अनुसार बिहान सवा ८ बजे भएको उक्त दुर्घटनामा परी एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here