• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजीनामा दिएका छन्। संघीय समाजवादी पार्टी नेपालका नेतासमेत रहेका मन्त्री राईले मंगलबार पदबाट राजीनामा दिएका हुन्। मंगलबार प्रधानमन्त्रीसमक्ष राईले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

केही समयअघि सोही पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले राजीनामा दिएका थिए। योसँगै समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। राईले आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान संसोधन गर्ने सहमति पालना नभएको आरोप लगाएको छ।

उता अध्यक्ष यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव गरेका थिए। यादवले यस्तो प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनीबीच बैठकमा चर्काचर्की भएको थियो। यसपछि यादवले राजीनामा दिएका हुन्।

यादवले पहिचानमा आधारित संघीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशिता, संघ, प्रदेश र स्थानीय तहको क्षेत्रअधिकारलगायतका विषयमा संविधान संसोधनका लागि अध्ययन गर्न ५ सदस्यीय विज्ञ समिति गठन गर्न प्रस्ताव गरेका छन्।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here