• 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

धनकुटा पौष ।
दिप ज्योति ट्रेनिङ एण्ड रिसर्च धनकुटाको आयोजना तथा पाख्रिबासागरपालिका वाड नं १० को सहयोगमा आइताबार पाख्रिबास नगरपालिका वडा नं १० चुङमाङ मा अदिवासिजनजाति सचेतना १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अदिवासिजनजाति सचेतना १ दिने अभिमुखिकरण कार्यक्रम पाख्रिबासागरपालिका वाड नं १० का वडा अध्यक्ष हरि बहादुर खत्रिको अध्यक्षता तथा नेपालआदिवासिजनजाति माहा संघ जिल्ला समन्वय परिषद धनकुटाका निवर्तमान अध्यक्ष इन्द्रसारु मगर को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पाख्रिबास नगर पालिका वडा नं १० चुङमाङका ५० जना आदिवासिजनजाति यूवायूवतिहरु को उपस्थिति रहेको अभिमुखिकरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि इन्द्रसारु मगर ले आदिवासिजनजातिहरु को समस्या ,मुद्धाहरु, आर्थिक , शैक्षिक र आदिवासिजनजातिहरुको अधिकार तथा निति नियम आदिवासिजनजाति को अवस्थाको विषयमा सहजिकरण गर्नु भएको थियो । त्यस्तै दिप ज्योति ट्रेनिङ एण्ड रिसर्च धनकुटा प्रशिक्षक सरोज भुजेल ले अदिवासिजनजाति को सबलिकरण ,आइएलओ वान सिक्स नाइन को विषयमा प्रकाश पार्नु भएको थियो भने सोहि अवसरमा फोनिज धनकुटा का कोषाअध्यक्ष मानवी मोक्तान ले फोनिजको स्थापना र वर्तमान अवस्थामा फोनिजको भुमिका को विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा पा.न.पा वडा नं १० वडा अध्यक्ष हरि बहादुर खत्रिले बोल्नु हुदै कुनै पनि समुदायको विकास तथा उन्ति प्रगति हुनका लागि शिक्षा आवश्यक पर्ने भएकाले आदिवासिजनजाति समुदायको विकास तथा भाषा धर्म संरक्षण प्रवद्धनका लागि आर्थिक वर्ष २०७६।७७ को लक्षित वर्गका लागि छुट्याइएको बजेट मार्फत सचेतना मुलक कार्यक्रम सल्चालन गरिएको जानकारी दिनु भयो । साथै वडा अध्य खत्रिले आदिवासिजनजाति को विकास का लागि शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

त्यस्तै पा . न . पा . वडा नं १० का वडा सदस्य विरेन्द्र समाल मगर ले पनि कार्यक्रममा बोल्नु हुदै वडा को अर्थिक वर्ष २०७६ ।७७ मा लक्षित वर्गका लागि छुट्याइएको बजेट मार्फत महिला ,बालबालिका , लागुऔषध दुव्र्यसनि , र आदिवासिजनजाति सम्बन्धि लगाएत को चेतना मुलक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । आगामि दिनमा पनि उहाँले वडाले शिक्षा तथा सचेत गराउने खालका सचेतना मुलक कार्यक्रम निरन्तर राख्दै जाने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमको अतिथिहरुमा पा .न . पा . १० का वडा सदस्या गोर ख राना , कमला राई , नर स्मृति प्रतिष्ठानका अध्यक्ष मडिक राई , विभिन्न संघ संस्थाका समाजसेवि वुद्धिजिवि हरु रहनु भएको थियो भने सत्तचालन सचिव दिनेश चन तिम्सिना ले गर्नु भएको थियो ।

  • 56
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here