•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौँ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

सरकारले निर्धारण गरेको २२ अर्ब ४४ करोड रुपैयाँको पूँजीगत लाभकरमा एनसेलले मंगलबार ४ अर्ब ५० करोड तिरेको हो । उसले बाँकी रकम किस्ताबन्दीमा यसै आर्थिक वर्षभित्र बुझाउने बताएको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । सोही पत्रको पालना गर्दै एनसेलले कर तिरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here