• 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

 

धनकुटा पौष १५
होटल एशोसिएसन भेडेटारको आयोजनामा अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा मंगलवार देखि आठौं फुड फेस्टिवल खानपान महोत्सव सुरु भएको छ ।

 

महोत्सव उद्द्याटन समारोहका प्रमुख खतिथि १ नम्वर प्रदेशका मुख्यमन्त्रि शेरधन राईले महोत्सवको उद्द्याटन गर्नु हुदै नेपाल भ्रमण वर्ष २०२० नेपाललाई संसारभर चिनाउने ठूलो अवसरको रुपमा लिनु पर्ने वताएका छन । सो अवसरमा उहाले १ नम्वर प्रदेश पर्यटकिय हिसावले छाँयामा पर्दै आएको वताउँदै मुख्यमन्त्रि राईले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर १ नम्वर प्रदेशलाई संसारकै पर्यटकिय गन्तव्य वनाउनु पर्नेमा जोड दिए ।

उहाले प्रदेश नं.१ भनेको यस्तो प्रदेश हो, जहाँ संसारकै सवै भन्दा होचो भुभाग केचना, अग्लो हिमाल सगरमाथा, सवै भन्दा होचो उपत्याका अरुण उपत्याका, २८ प्रजातिका लालीगुराँस रहेकाले पनि यो प्रदेश अन्य प्रदेशको तुलनामा सवै भन्दा सुन्दर रहेको दावी गरे । पर्यटन भ्रमण वर्षको अवसर पारेर नेपाल सरकारले २० लाख र १ नम्वर प्रदेशले ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको मुख्यमन्त्री राईले वताएका छन ।

साथै भेडेटार प्रदेश नं.१ कै पहिचान भएकाले पर्यटन पुर्वाधारको विकासमा प्रदेश सरकार लागी पर्ने वताए । उहाले विश्वको सम्पदा सुचिमा रहेको भेडेटारको नाम्जेले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पु¥याई रहेको सेवाले १ नम्वर प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुगिरहेको वताए । त्यसैगरी जलयात्राका हिसावले सप्तकोशी देखी दोलालघाट र संखुवासभाको तुम्लीङ्गटारसम्मको भरपर्दो जलयात्राका लागी पनि प्रदेश सरकारले सम्भव्याता अध्ययन गरिहेको वताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि तथा प्रदेश सांसद निरन राईले सिंगो भेडेटारलाई पर्यटकिय हव वनाउन आफु दत्तचित्त भएर लाग्ने वताए । आफु यस क्षेत्रको प्रदेश सांसद भएको नाताले भेडेटारको चौतर्फी विकासमा दिलोज्यान दिएर लागी पर्ने वताए ।त्यस्तै भेडेटारको विकासको लागी प्रदेश सरकार र संघिय सरकारवाट आपसी समन्वयमा वजेट तथा कार्यक्रम विनियोजन गर्न पहल गरिने दावी गरे ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्णवहादुर घिमिरेले भेडेटारलाई प्रकृतले नै सिँगारेकाले समुदायले थोरै मिहिनेत गरे भेडेटार सजिलै विकास हुने वताएका छन् । भेडेटारलाई प्रकृतले उपहार सुन्दर उपहार दिएकाले भडेटारका व्यावसायीले प्रकृतिले दिएको उपहारलाई थोरै सजाउने प्रयास गरे भेडेटारमा त्यसै पर्यटकको घुँइचो लाग्ने वताए ।
होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेद्र राईको अध्यक्षतमा सम्पन्न आठौं भेडेटार फुडफेस्टीवल तथा खानपान महोत्सवमा साँगुरगढी गाउँपालिकाका अध्यक्ष कुमारजंङ्ग याखा, पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, होटल एशोसिएशन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, भेडेटार नेष्टका सचिव नरवहादुर चेम्जोङ लगायतले महोत्सव सफलताको लागी शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै सोहि कार्यक्रममा मिस पुर्वाञ्चल २०१९ का विजेता ऋजु भट्टराईलाई भेडेटार सद्भावानादुतको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । त्यसैगरी मुर्तिकार रोजन राई, पत्रकार कविराज घिमिरेलाई पनि सम्मान गरिएको थियो । पत्रकार घिमिरेलाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

आयोजकले आर्थिक तथा सामाजिक उत्थानको लागी भेडेटार हेलीटुर, होटल व्यवसाय, होमस्टे, अन्य व्यवसाय, कृषि, साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फुड फेस्टिवल हरेक वर्ष आयोजना गरिएको वताएका छन् । यो वर्षको मुख्य आकर्षण भेडेटार हेलीटुरले महोत्सवमा निक्कै रौनक थपेको पाइएको छ ।

फुड फेस्टिबलमा आउने पर्यटकहरुले नजिकैको क्षेत्रहरु भेडेटार गाविस भित्र रहेको साँगुरी यक, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, सिएननको सर्वेक्षणमा विश्वको १२ औं गन्तव्यको रुपमा लिएको विश्व चर्चित नाम्जेवजार, नमस्ते झर्ना (सिम्सुवा), शैलुङडाँडा, अजंगको वरको वोट, थाउजेण्ड वुद्ध, आत्मबस्ने घर थुम्की, सुर्यद्धय बौद्धविहार गुम्बा लगायतका ठाउँमा घुमफिर गर्न सक्नेछन् । त्यस्तै गरी मगर, लिम्बु, राई, याम्फु, तामाङ र याखा जातिको साँस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् । महोत्सव पौष १७ गते सम्म सञ्चालन गरिन्ने आयोजक ले जनाएको छ ।

  • 23
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here