•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा पौष १७
धनकुटा नगरपालीका ले बिहिबार एक कार्यक्रमको बिच १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा फुटबलको राष्ट्रिय टिम क्याप्टेन सुजल श्रेष्ठ सहितका उसु खेलबाट कास्य पदक विजेता चित्रसिंह ठकुरी र खेलका निर्णायक खेमराज थापालाई नागरिक अभिनन्दन गरिएको छ ।

उनीहरुलाई विहिवार धनकुटामा विभिन्न जातजातिको झाँकी सहित नगरपरिक्रमा गरी अभिनन्दन गरीएको हो ।
काठमाडौं र पोखरामा गत मंसिर १५ देखि २४ सम्म सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गरेको हो । सागमा नेपाली फुटबल टीमले स्वर्ण पदक जितेको थियो र नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, ठकुरीले उस्सुमा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेका थिए । उक्त अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे लगायतले सम्मान गरेका थिए । खेलाडीहरुलाई नगद सहित सुजललाई एक लाख, चित्रसिंहलाई ५० हजार नगद र सम्मान पत्र हस्तान्तरण गरिएको थियो । सुजलले फुटबलमा अझ स्तर उकास्न सक्ने भन्दै आफ्नो भुमिका उच्च रहने बताए । सबै खेलाडीका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।



अभिनन्दित नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले मन्तव्य दिँदै अहिले मातृभूमिको न्यानो माया र सबैको साथ पाएको बताए। उनले धनकुटाकै कारणले आफू यो स्थानमा पुगेको बताउँदै सबै धनकुटेलीलाई धन्यवाद दिँदै र यस्तो सम्मान आफूहरूलाई राज्यले गरेको भए पनि धनकुटाले गर्दा छुट्टै लागेको बताए । अर्का सम्मानित उस्सुका ठकुरीले धनकुटाले सम्मान गर्दा उत्साहित भएको बताए ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटेली खेलाडी श्रेष्ठ फुटबलमा र ठकुरीले उस्सुमा पदक जित्दै धनकुटा पहिचान दिलाएकाले अभिनन्दन गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here