•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा पौष १८
मजदुर बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको आज नवौ वार्षिक साधरण सभा ४ लाख ६४ हजार बराबर को आयव्यय प्रस्तुत गर्दै सम्पन्न भएको छ ।

सहकारीको नवौ वार्षिक साधरण सभा धनकुटाजगरपालिका प्रमुख चिन्तन तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा श्री मजदुर बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेका अध्यक्ष बेद बहादुर राना मगरले वार्षिक प्रतिवेदन प्रस्तु गर्नु हुदै आर्थिक वर्ष २०७५।०७६ को ४ लाख ६४ हजार ८सय ४४ रुपैया ६० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साथै सहकारीले सहकारीका असल बचत कर्ता,असल ऋणी,असल सेयर कर्ता र सहकारीका जेष्ठनागरीक गरी जम्मा १४ जना लाई दोसल्ला सम्मान पत्र तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ । जस अन्तरगत सम्मानित हुनेहरुमा क्रमस अनिल अधिकारि , अइत सिहं तामाङ,सुनिल कटुवाल ,राम प्रधान ,सुसन श्रेष्ठ,कमला वाग्ले,किरण कुमार साक्य,गिता दाहाल ,रेवत बहादुर थापा , जेष्ठ नागरीक असल सेयरकर्ता गंगा माया तामाङ,र सरुवा हुनु भएका कर्मचारि कुमार श्रेष्ठ रहेकाछन् ।

वार्षिक साधरण सभाका प्रमुख अतिथि चिन्तन तामाङ ले कार्यक्रममा बोल्नु हुदै सहकारी को मुल्य मान्यता तथा निति नियम पालना गरे भने सहकारीहरुको कहिले पनि दयनिय अवस्था सृजना नहुने बताउनु भयो । सहकारी व्यस्थित रुपमा सञ्चालन गर्नका लागि सहकारीका सेयर धनि, बचत कर्ता,ऋणि हरुले पनि नियमित बचत र समयमै आफुले लिएको कर्जा बुझाउने बानिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष निरन तामाङ ले पनि सभामा बोल्नु हुदै सहकारीहरु बजार क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण भेगका मनिसहरुलाई पनि सकारीको सेवा सुबिधा पु¥याउन आवश्यक रहेको बताउनु भयो । त्यस्तै उहाले सहकारीको ऐन नियम पालन पालन गर्न पनि सबैलाई आग्रह गर्नु भएको छ । त्यस्तै गरि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ ले पनि कार्यक्रममा बोल्नु हुदै सहकारी ऐन २०७४, २०७५ को विषयमा जानकारी दिनु हुदै सबै ले ऐन पालना गरेको खण्डमा कार्बाहिको भागिदार हनु न पर्ने उहाको भनाइ थियो ।

साथै आगामि दिनमा अध्यक्ष श्रेष्ठ ले धनकुटानगरपालीका संग सहकार्य समन्वय गरि नगर भित्र रहेका ८० ओटा सहकारिहरुको सुद्धिकरण ,वृद्धि विकास ,व्यवस्थापन लगाएतका सचेतना कार्यक्रम सञ्चालन गरिन्ने बताउनु भयो । सहकारिको सभामा जिल्ला समन्वय समिति धनकुटाका सदस्य वाङद थिङ ,धनकुटानगरपालिका वडा नं १ का कार्यबाहक वडा अध्यक्ष लालचन गोङवा, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, होटल यसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र कुमार विष्ट , नवज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ तामाङ लगाएतले अगामी दिनमा पनि सहकारी को सफलताको शुभकामना मन्तव्य राख्नु हुदै शुभकामना व्यक्त गरेका थिए ।

सभा को अतिथि हरुमा सहकारी अभियान्ता हरि नारायण श्रेष्ठ , महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव सुनिता लावति , हिले प्रहरि चौकिका इन्चार्ज कुमार ढकाल, जिल्ला खेलकुद विकास संस्थाका अध्यक्ष भोगेन्द्र थापा लगाएत हिले बजार का विभिन्न सरकारि तथा गैहर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न बैंकहरुका प्रमुख ,प्रतिनिधि , र सहकारिका सेयर सदस्य ,बचतकर्ता लगाएतको उपस्थिति थियो । साधरण सभाको स्वगत मन्तव्य सहकारीका उपाध्यक्ष गणेश थापाले राख्नु भएको थियो भने सञ्चालन सचिव फुर्वा घिसिङ ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here