•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ बाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका ३ जनाको उम्मेदवारी टुंगो लागेको छ ।

महिला उम्मेदवारमा दाङकी गिरीजा न्यौपाने, अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको पार्टी स्रोतले जनाएको छ ।

न्यौपाने नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्। अर्घाखाँचीका पाण्डे काँग्रेस केन्द्रीय सदस्य हुन् भने मेराज बाँके काँग्रेसका जिल्ला सदस्य हुन्।

पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइनसके पनि प्रदेश ५ बाट तीनजनाको नाम टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here