•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा पौष १९
धनकुटाको हिलेमा पौष ९ गते देखि सञ्चालन भइरहेको उदघोषण तथा क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
झिगुनेवा समाज हिले ,वितरक संघ धनकुटा र हिले व्याटमिन्टन क्लब हिलेको संयूक्त आयोजनामा गत पौष ९ गते देखि सञ्चालन भइरहेको ६ दिने तालिम शनिबार एक कार्यक्रम को बिच समापन  गरिएको हो ।

झिगुनेवा समाज हिलेका अध्यक्ष डिजेश साक्य को अध्यक्ष्यता तथा धनकुटानगरपालिका वडा नं १ का वडा अध्यक्ष निरन तामाङ को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि निरन तामाङ ले बोल्नु हुदै वडा ले भौति निर्माण का काम मात्र नभएर व्यक्तित्व विकास ,क्षमता विकास, बालबालिका , महिलासम्बन्धि , लागुऔषद सम्बन्धि सचेतमुलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारि दिनु भएको थियो । आगामी दिनमा पनि उहाले यस्ता क्षमता अभिवृद्धि , व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरु वडाले यहाको विभिन्न संघ संस्थाहरु संग सहकार्य समन्व गर्दै निरन्तर सञ्चालन गरिन्ने बताउनु भयो ।

साथै उहाले सोहि अवसरमा बोल्नु हुदै हिले बजार को सडक विस्तार कार्यक्रमको सुरुवात भइसकेको जानकारि गराउनु हुदै सडक विस्तारका कामलाई अबरोध गर्न विभिन्न तत्वहरु लागि परिरहेका ले हल्लाको पछि नलाग्न पनिआग्रह गर्नु भएको छ । त्यस्तै हिले बजारलाई पर्यटन क्षेत्रको रुपमा थप विकास तथा प्रवद्धन गर्नका लागि ७ वटा भिउ प्वाइनट निर्माण को तिब्र रुपमा अगाडि बढिरहेको र गाउँ गाँउ सम्म प्रत्यक घरघरमा पुग्ने गरि सडक जोडिसकिएको बताउनु भयो । त्यस्तै कृषकहरुका लागि प्लास्टिक पोखरी निर्माण , टनेल हाउस निर्माण लगाएतको काम भइरहेको जानकारि दिनु हुदै वडाका विकासका लागि सबै ले आ आफ्नो क्षेत्र ठाउबाट सहयोग गर्नपनि आग्रह गर्नु भयो ।

कार्यक्रमा धनकुटानगरपालिका वडा नं १ का वडा सदस्य लालचन गोङवा तामाङ ले पनि कुनै पनि संस्थाको वृद्धि किास का लागि संस्थाका व्यक्ति दक्ष र सक्क्षम हुन आवश्यक रहेको भन्दै व्यक्तित्व बिकास को कार्यक्रम आयोजना गरेर संस्थाले राम्रो गरेको बताउनु भयो ।

धनकुटा वितरक संघ धनकुटाका उपाध्यक्ष सुन्दर राज आचार्य,रेडक्रस सोसाइटि हिलेका अध्यक्ष धिरेन थिङ,नेपाल आदिवासिजनजाति माहा संघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषि राई, वितरक संघ धनकुटाका अध्यक्ष कृषण राज श्रेष्ठ लगाएले कार्यक्रममा मन्तव्य रखेका थिए । त्यस्तै गरि कार्यक्रको औचित्यमाथि हिले व्याटमिन्टन क्लब हिले का अध्यक्ष राम गोङवा ले प्रकाश पार्नु भएको थियो ।

तालिममा हिले बजारका विभिन्न संघ संस्थाका २५ जना यूवाहरुको सहभागितारहेको थियो भने तालिममा प्रशिक्षक पत्रकार सन्तविर लामा ले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै कार्यक्रममा तालिमका सहभागि को तर्फ बाट बोल्नु हुदै कृष्ण राज जोसि र गोविन्द दाहालले तालिम प्रभवकारी भएको बताउनु भयो । स्वागत मन्तव्य वितरक संघ धनकुटाका सदस्य राजन कार्किले रखेका थिए भने सञ्चालन वितरक संघ धनकुटाका सदस्य विपिन थापाले गरेका थिए । तामिमा सहभागिहरु लाई प्रमाण पत्र समेत वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here