•  
  •  
  •  
  •  
  •  
  •  
  •  

डडेलधुरा । भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।

बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवरुद्ध बनाएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराले विद्युतसेवा सुचारु बनाउन प्रयास भैराखेको जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here