काठमाडौं । प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
काँग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीबाट बालकृष्ण पाण्डे र बाँकेबाट मेराजअहमद हलवाईले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
बालकृष्ण काँग्रेसका केन्द्रीय सदस्य हुन् । उनी प्रवासी संघ भारतका अध्यक्षसमेत रहेका छन् । यसैक्रममा, प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।