•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा पौष २२
धनकुटा को पाख्रिबासनगरपालिका मा भौतिक पुर्वाधार तथा सडक निर्माणकार्य तर्फ को अर्थिक वर्ष २०७६।७७ को काम तिब्ररुपमा अगाडि बढिरहेको छ । जस अन्तरगत पाख्रिबासनगरपालिका वडा नं ६ फलाटे अधेरीघाट १९ किलोमिटर सडक खण्ड ग्राबेल तथा स्तरोन्ति काम तिब्ररुपमा भइरहेको पाख्रिबास नगर प्रमुख विर्ष बहादुर राइले बताउनु भयो ।

साथै मंगलबार नगर ले सडक निर्माण कार्यको अनुगमन गरिएको छ अनुगमन को क्रममा ७५ प्रतिशत काम गुणस्तर रुपमै सम्पन्न भएको पाइएको प्रमुख राइले जानकारी दिनु भएको छ । आर्थिक वर्ष २०७६ ।०७७ को संघिय सरकार बाट छुट्याइएको १ करोड बजेट बाट अहिले १ करोड लागतमा फलाटे अधेरी घाट सडक को ग्राबेल तथा स्तरउन्ति कार्य भइरहेको नगर प्रमुख राइ ले बताउनु भयो ।

सडक निर्माण भइरहेको क्षेत्रमा नियमित अनुगमन कार्य भइरहेको बताउनु भयो । फलाटे अधेरी घाट सडक निर्माण कार्य यहि आर्थि वर्षमा सम्पन्न हुने नगर ले जनाएको छ । त्यस्तै गरि नगरको सुनबालुवा सडक खण्ड लगाएत नगरको विभिन्न वडाहरुमा पनि सडक तथा भौतिक निर्माण काम भइरहेको प्रमुख राइले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here