• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ । मुक्तिनाथ बैंक र एनआईबिएल लिमिटेड बीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन उक्त सम्झौता पत्रमा उल्लेख गरेको छ ।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here