•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा पौष २६
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा ले यश वर्षको तामाङ समुदायको सास्कृतिक माहान पर्व सोनाम ल्होछार जिवा मुसा वर्ग अर्थात नयाँ वर्ष को अवसरमा बृहत् सास्कृतिक कार्यक्रम गरि पर्यटन वर्ष २०२० मनाउने भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा को अध्यक्ष विष्णु मोत्तान को अध्यक्षतामा शनिबार धनकुटाको हिलेमा बसेको बैठक ले ल्होछार को अवसरमा पर्यटन प्रवद्वन तथा विकास गर्नका लागि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्वेश्य ले आउदो माघ ११ गते सोनाम ल्होछारको अवसरमा बृहत् मौलिक सास्कृति कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठक मा नेपाल भ्रमण पर्यटन वर्ष २०२० बृहत ल्होछार मौलिक सास्कृतिक कार्यक्रम सम्पन्न गर्न का लागि अध्यक्ष मोत्तान को संयोजकत्वमा विभिन्न मुल उपसमिति गठन गरि जिम्मेवारी प्रदान गरेको छ । उपसमितिशरुमा अन्तरगत आर्थिक समिति , प्रचारप्रसार , ताम्वा, खानपान व्यवस्थापन ,कलाकार ,स्वयंसेवक , साउण्डसिस्टम तथा स्थानिय कलाकार व्यवस्थापन , अतिथि स्वागत सत्कार , सल्लाहकार समिति रहेको छ ।

बैठक मा घेदुङ प्रदेश सदस्य गंगा राम गोम्देन,युवा घेदुङ प्रदेश अध्यक्ष धिरेन थिङ , युवा घेदुङका पुर्व केन्द्रीय सदस्य बुद्व तितुङ , बक्रकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिहं तितुङ , घेदुङ जिल्ला समन्व समितका सचिव फुर्वा घिसिङ ,सहसचिव धनबहादुर मोत्तान , सदस्य सञ्जिव तितुङ लगाएत समाजसेवी बुद्धिजीवी हरूको उपस्थिति रहेको थियोे ।साथै बृहत पर्यटन वर्ष २०२० सोनाम ल्होछार मौलिक सास्कृतिक कार्यक्रममा स्थानिय तामाङ समुदाएको मौलिक खाना, मौलिक भेषभुभाषा ,सास्कृतिक बाजा डम्फु टुङना सेलो गित , मौलिक साँस्कृतिक नृत्य स्थानिय कलाकार तथा राष्ट््िरयकलाकारहरुबाट प्रस्तुत तथा प्रद्धर्शनी गरिन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here