•  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाई आक्रमण गर्दा कम्तीमा ७ जना सर्वसाधारण मारिएका छन् । आक्रमणामा परी मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिए ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ । उक्त आक्रमण सोमबारदेखि निरन्तर रहेको जनाएको छ ।

अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरेको सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु हुने गरेको छ ।–एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here