•  
  •  
  •  
  •  
  •  
  •  
  •  

संस्कृति घेदुङको छैठौं राष्ट्रिय सम्मेलनबाट गायक तथा संगीतकार छेवाङ तेन्जिङ लामालाई नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्षमा चयन गरिएको हो ।

बागमती प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख उपस्थितिमा उक्ता सम्मेलन भएको हो । सम्मेलनले उपाध्यक्षमा धावा वाङ्गेल मोक्तान, सरोज लामा र उषा पाख्रीन, महासचिवमा दोर्जे ल्हो तामाङ, सचीवमा क्रान्ती योन्जन, विशाल योन्जन र आशिष् डुम्जन रहेको छ भने कोषध्यक्षमा रामकृष्ण ल्हो तामाङ लगायत सदस्यहरुमा योजम तामाङ, जीवन बोम्जन, बाबू जिम्बा, रन्जना तामाङ, कुईसाङ रुम्बा, एमजी तामाङ र आस्मान लोप्चन रहेको छ ।

अध्यक्ष छेवाङ तेन्जिङ स्वर साधना तथा संगीत पाठशालाको प्रबन्धक निर्देशक समेत हुन,  करिब  दुई दशक देखि तामाङ गित संगीतमा यात्रा गर्दै आइरहेको छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here