•  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । मंगलबारबाट सुरु भएको प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीलाई मणि बनाउने बताएका छन् ।

उक्त महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू माडीलाई मणि बनाउने अभियानमा निरन्तर जुटिरहेको बताएका हुन् ।

यसैक्रममा, अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्ने विभिन्न काम भइरहेको बताउँदै सबैको साथ रहे छिट्टै नै मणि बन्ने जनाए । उनका अनुसार सबैको यस्तै साथ रहे माडीले केही वर्षमा फड्को मार्नेछ ।

उनले माडीलाई मणि बनाउन सबै भन्दा ठूलो समस्याका रुपमा रहेको २०२९ को निकुञ्ज ऐन परिवर्तनका लागि आफूले माथिल्लो तहबाट पहल गरिरहेको जानकारी दिए । उनले निकुञ्ज ऐनले वन्यजन्तुको सुरक्षामा मात्रै ध्यान दिएको तर मानिसकोबारेमा कुनै ध्यान नदिएकाले परिवर्तनका लागी पहल भइरहेको बताए ।

‘वन मन्त्रालय, प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयसँग कसरी बहस, छलफल गरिरहेको छ भन्ने कुरा माडीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिले प्रष्टसँग देखिरहेका छन्’, अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले भने, ‘माडीका जनता चितवनवासी हुँदा(हुँदै पनि अर्कै भूगोलका जनता जसरी पीडित बनिरहनु परेको छ। माडीवासीको पीडा हटाउनका लागि म लगातार बहसमा छु । लगातार संघर्षमा छु। ऐन संशोधनको प्रक्रियामा छ।’

ऐन संशोधन गरी माडीबासीलाई एउटा सहज र विकासको नयाँ यात्रामा अघि बढाउन आफू प्रतिवद्ध रहेको अध्यक्ष प्रचण्डको भनाई छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण, भौतिक निर्माण, कृषि पर्यटन, बाढी पहिरोबाट सुरक्षित बनाउनेलगायत सवै प्रोजेक्ट अघि बढाइरहेको समेत अध्यक्ष प्रचण्डले जनाए ।

अध्यक्ष प्रचण्डले जतिसक्दो चुनौतिपूर्ण भए पनि माडीलाई समृद्ध, सुगम बनाउन र केन्द्रसँग जोडन निरन्तर प्रयास जारी रहेको बताए ।

उनले माडीलाई नेपालकै नमुना क्षेत्र बनाउन रिङरोड, रिउ करिडोर, भौतिक पूर्वाधार निर्माणका काम तीब्र गतिमा बढिरहेको भए पनि आफू अहिले नै सन्तुष्ट भने नरहेको जनाए ।

प्रचण्डले सोही प्रसंगमा राजनीतिमा केही जटिलता देखिएको पनि बताएका छन् । के विषयमा जटिलता देखिएको भन्‍नेबारे स्पष्ट नखुलाए पनि प्रचण्डले सभामुख चयनका विषयमा भइरहेको सकसतर्फ संकेत भने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here