•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित हुने भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्ट समूहसँग थप छलफल गरेर गत बिहीबार बैठकमा पेस भएका एजेण्डाहरु सहमति मै पारित गर्नका लागि दुई दिन बैठक स्थगित गरिएको दाबी गरेको छ ।

 

प्रवक्ता बिश्वप्रकाश शर्माले सहमतिका लागि शिर्ष तहबाट छलफल जारी रहेकाले सहमतिका लागि भन्दै बैठक स्थगीत गरिएको जानकारी दिए । सभापति देउवा १४ औं महाधिवेशनको कार्यतालिकाको माग गर्दै गत बिहीबारबाट वरिष्ठ नेता पौडेल समूह बैठक बहिष्कार गर्दै आएको थियो ।

 

वरिष्ठ नेता पौडेलले यसअघि पनि बिहीबार र आइतबार पनि बैठक बहिष्कार गरेका थिए । सहमतिका लागि उपसभापति बिमलेन्द्र निधि र पुर्वमहामन्त्री प्रकाशमान सिंहका बीचमा सोमवार विहान नै सहमतिका लागि छलफल भएको थियो । annapurna  post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here