•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत विरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

अधिकृत रमेश कार्कीले कार्यालयको सूचना पत्रिकामा विज्ञापन गरेवापतको भुक्तानी रकमबाट सेवाग्राहीसँग ८ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

अधिकृत कार्कीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा अधिकृत कार्कीले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here