•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मकवनपुर । ‘चिसो कोठालाई तताउन रातभर हिटर बालेको’ कारणले मकवानपुरको दामनको होटलमा मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकमध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा रहेको एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो ।

भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका थिए । त्यस मध्ये ८ जना रिसोर्टको १०१ नम्बर कोठामा सुतेका थिए ।

एउटै कोठामा सुतेका ८ जना मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेका कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले मंगलबार १२ बजे मृत घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here