•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेको छ ।

मनाङे बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा जाहेरी दिएका थिए । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङमाथि हातपात गरेपछि विवाद भएको छ ।

यसैक्रममा मनाङले बुधबार आफूले (एन्फा)का कास्कीका अध्यक्षमाथि हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा मिलन भ्रष्टाचारमा संलग्न रहेको भन्दै मनाङले भ्रष्टाचार गर्नेलाई झापड हान्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here