काठमाडौं/नेपाल तामाङ संस्कृति घेदुङ द्वरा जिवा ल्हो ” बर्षा” अर्थात २८५६ सोनाम ल्होछारको सु-अवसरमा चुच्चेपाटी स्थित संघीय घेदुङको कार्यलयमा शुभकामना तथा चियापन कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्कृति घेदुङ अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा भएको उक्ता कार्यक्रममा नेपाल तामाङ घेदुङको संघीय बरिस्ठ उपाध्यक्ष बेली लामा, त्यस्तै गरि सल्लाहकार तथा घेदुङकै उपाध्यक्ष कुमार घिसिङ, अमिर मोक्तान , प्रमुख सल्लाहकार प्रेम लो, अन्तरास्ट्रिय तामाङ परिषदको पुर्व सचिव प्रतीक ङेसुर, अन्तरास्ट्रिय परिषद दक्षिण यसियाको उपाध्यक्ष कुमार ब्लोन, अन्तरास्ट्रिय परिषदको सचीव रबिन थिङ, बरिस्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ लगायतको सहभागीतामा मौलिक खानापरिकारको साथमा चियापान तथा शुभकामना आदानप्रदान भएको हो ।
नेपाल तामाङ संस्कृति घेदुङको छैठौं राष्ट्रिय सम्मेलन बाट नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलको अध्यक्ष बाट प्रामाणपत्र बितरण गरिएको थियो भने कार्यक्रमको अथितिहरुले तामाङ समुदायमा ल्होछारको ऐतिहासिक परम्परा को संस्कृति बारे चर्चा परिचर्चा र महत्त्व पनि बताएका थिए ।