• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

मकवानपुर । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन्। खालिद एम्बुलेन्सका चालक हुन ।

पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो। गाँजा तस्करी गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँजा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौँडाको नेवारपानीमा रोकी जाँच गर्दा तीन झोलामा छ पोका बनाई लुकाई राखेको साढे ३० किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट नेपाली ९१ हजार र दुई हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।rss

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here