• 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

कृषकलाई मिनि टिलर वितरण

धनकुटा

प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई सिधुवा धनकुटाले कृषकहरुलाई मिनि टिलर वितरण गरेको छ ।
परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी किसानलाई आधुनिक प्रविधितर्फ स्थापित गर्ने उद्दश्य ले तरकारी जोन पकेट क्षेत्रका ५१ वटा कृषक समुह, सहकारी र कृषि फर्मलाई मिनि टिलर वितरण गरिएको हो । कृषक समुह, सहकारी र कृषि फर्मका प्रतिनिधिहरुलाई प्रमुख जिल्ला अधिकारी घिमिरेले मिनि टिलर वितरण गरेका छन् ।

प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाईका प्रमुख देवेन्द्र साहुले कष्टम हायरिङ्ग सेन्टर अन्तर्गत ५० प्रतिसत अनुदान किसानहरुको संस्थामा आफै मिनि टिलर खरिद गर्न नगद जम्मा गरेको वताए । उनले ५० प्रतिसत अनुदान अन्तर्गत २० लाख रुपयाँ वरावरको ५१ वटा कृषक समुह, कृषि सहकारी र फर्महरुलाई ६१ वटा मिनि टिलर खरिद गर्न वितरण गरिएको वताए । उनले सम्वन्धित प्राविविधकवाट लागत स्टेमेट सहित ७ र ९ एच.पि.को मिनि टिलरको स्पेसिफिकेसन तयारी गरी वितरण गरिएको वताए ।

शाहाले जोन कार्यान्वयन इकाईले वजार मुल्य भन्दा सौलियत दरमा मिनि टिलर खरिद गर्न अनुदान प्रदान गरेको वताए । उनले आ.व.०७६÷०७७ को शुक्रवारसम्ममा ५२ वटा मिनि टिलर वितरण गसिकिएको र अव ९ वटा भने वितरण गर्न वाँकी रहेको वताए । उनले ७ र ९ एच.पि.को अनुदान मुल्यमा ३० र ४० हजारको फरक÷फरक मुल्य रहेको र कुल लागत मुल्य ६० र ८० हजार रहेको वताए । उनले आ.व.०७३÷०७४ देखी आ.व.०७६÷०७७ सम्ममा जोन पाकेट क्षेत्रमा १ सय १९ वटा मिनि टिलर वितरण गरिसकिएको वताए ।

  • 31
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here