•  
  •  
  •  
  •  
  •  
  •  
  •  

ल्होछार साँस्कृतिक तथा शुभकामना आदन प्रदान कार्यक्रम
धनकुटा
२८५६ सोनाम ल्होछार नयाँ वर्षको अवसरमा धनकुटाको उत्तरपानीमा ल्होछार वृहत साँस्कृतिक तथा शुभकामना आदन प्रदान कार्यक्रम सनिवार सम्पन्न भएको छ ।
‘तामाङ संस्कृति र पहिचानको संरक्षण, जातिय परम्परा र प्रवद्र्धनको अभियान’ भन्ने मुलनाराको साथ आयोजना गरिएको कार्यक्रममा स्थानिय तामाङ मौलिक डम्फु सेलो, डम्फु नाच, स्थानिय जलासेग वोर्डिङ्ग स्कुलका विद्यार्थिहरुको नृत्य, उदयमानी स्थानिय कलाकार पासाङ दावा घिसिङ र खिलराज तामाङले सांगितिक प्रश्तुती दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईले हरेक जातिको भाषा, संस्कार, संस्कृति वचाउन सकियो भने मात्र पहिचान स्थापित हुने वताए । उनले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिको रक्षा गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानको रुपमा आफुले ल्होछार कार्यक्रमलाई लिएको वताए । राईले पाख्रीवास नगरपालिकाको अधिकांश वडामा तामाङ समुदायको वसोवास रहेकोले नगरपालिकाले तामाङ जातिको भाषा, संस्कार, संस्कृति वचाउने अभियानलाई सक्दो सहयोग गर्ने वताए ।

ल्होछार साँस्कृतिक कार्यक्रम आयोजक समितिका संयोजक तथा उत्तरपानी युवाक्लवको अध्यक्ष गजम घिसिङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान तथा वृहत सास्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङ, धनपा वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, पाख्रीवास नगरपालिका वडा नं.१ का वडाध्यक्ष चन्द्रलाल घिसिङ, घेदुङका जिल्ला उपाध्यक्ष गंगाराम गोम्देन, ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, नगर घेदुङ धनकुटाका पुर्व अध्यक्ष एवं ताम्वा गंगा तितुङ, वडा नं.९ ताम्वार्यकाई घेदुङका अध्यष जयवहादुर मोक्तान, घेदुङका जिल्ला सचिव फुर्वा घिसिङ, रेडियो नेपालका प्रशासकिय अधिकृत वलराम हजारी, प्रशासन प्रमुख धर्मेन्द्र यादव लगायतले ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य सुरेश मोक्तान ल रखेका थिए भने सन्चालन क्लबका सचिव लेकेन्द्र घिसिङ र सञ्चार कर्मी मानवी तामाङले गरेका थिए । साथै कार्यक्रममा आफ्नो सास्कृतिक नृत्य प्रस्तु गर्ने कलाकारहरुलाई सम्मान पत्र प्रदान गरी आयोजक ले सम्मान समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here