• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

धनककुटा माघ २४
धनककुटाको पाख्रिबासनगरपालीका मा शुक्रबार देखि द्धितीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । पाख्रीवास नगरपालिका को द्धितीय मेयरकप फुटवल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मुख्या मन्त्रि शेरधन राईले प्रदेश नं १ लाई खेलकुदको राजधानिको रुपमा स्थापित गर्ने लक्ष्यका साथ खेलकुदलाई उच्च प्राथामिक्तामा राखेको वताउनुभयो । उहाँले खेलकुदको माध्यममवाट राष्ट्रलाई योगदान गर्न सकिने भन्दै सम्पूर्ण खेलाडीहरुलाई व्यवसायिक रुपमा खेलकुदको क्षेत्रमा लाग्न आग्रह समेत गर्नुभयोे । फुटवलखेलको हकमा सवैभन्दा धेरै खेलाडी प्रदेश १ वाटै उत्पादन भईरहेको भन्दै सार्क गेममा स्वर्ण, कास्य र रजत पदक हाँसिल गर्ने खेलाडीहरुलाई ३,२ र १ लाख प्रदान गरि सम्मान गर्ने निर्णय समेत गरिसेको जानकारी गराउनुभयो । खेलकुद क्षेत्रलाई उच्च प्राथामिक्तामा राखेर नै यस आर्थिक वर्षमा आफुहरुले ४२ करोड वजेट खेलकुद क्षेत्रको लागि छुट्याएको वताउनुभयो ।

पाख्रीवास नगरअध्यक्ष वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित प्रतियोगिता उद्घाटन कार्यक्रममा मुख्यमन्त्रि राईल पाख्रीवास मुगा सुनवालुवा घोरेटार हुँदै दिक्तेल जोड्ने सडकलाई पनि प्रदेश सरकारले प्रााथामिक्तामा राखेको र यसलाइृ पक्की वनाउन वजेटको व्यवस्था भईसकेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका संयोजक टंक चौहान लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सिताराम राईले राख्नुभएको थियो ।

त्यसैगरी सुनवालुवामा दुई वर्ष भित्र सक्केगरी पक्की पुल निर्माणको काम शुरु भईसककेको वताउनुभयो । उहाँले पाख्रीवासको वडा नं १ र २ लाई जोड्ने मुख्यमन्त्रि ग्रामीण सडक,यहाँको कृषी क्याम्पसलाई प्रदेशकै विश्वविद्यालयको रुपमा स्थापित गर्ने,पाख्रीवासलाई पर्यटकीय नगरको रुपमा स्थापित गर्ने लगायतका विकास निर्माणको कुरामा आफ्नो ध्यानाकर्षाण भएकको उहाको भनाई छ । त्यस्तै प्रतियोगिताको उद्घाटन खेलमा पाख्रीवास ४ र ८ नं वडा भीडेकाछन् । यी दुई वडा वीचको खेलमा ०–१ गोल अन्तरले वडा नं ८ विजयी भएको छ । खेलको पहिलो हाफमा ८ नं वडाका खेलाडी कुशल भण्डारीले १ गोल गरेका थिए । दोश्रो हाफमा दुवै टिमवाट कुनैपनि गोल नभएपछि कुशलले गरेको गोल नै निर्णायक वन्न पुगेको हो ।

खेलको म्यान अप दि म्याच पनि कुशल भण्डारी नै घोषित भएकाछन्् । उनलाई नगरप्रमुख वृष वहादुर राईले म्याान अफ दि म्यााचको ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगिता अन्र्तगत शनिबार विहान ८ वजेदेखी हुनेछ । नगरको १० वटै वडाले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम र दोश्रो हुने टिमले क्रमश नगद १ लाख ५१ हजार र ७५ लाख ५ सय सहित ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा राष्ट्रिय कलाकारहरु साजन राई र श्रेया राई सहित स्थानिय ककलाककार चक्र गुरुङले साँगिति प्रस्तुती प्रददशर्शन गरेकका थिए ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here