• 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

पाख्रिबासनगरपालीका मा नगर स्तरीय कृषि मेला प्रद्धर्शनी सुरु
धनकुटा माघ २६

धनकुटाको पाख्रिबासनगरपालीका मा पाख्रिबासनगरपाली का को आयोजनामा आइताबार देखि नगर स्तरीय कृषि मेला प्रद्धर्शनी सुरु भएको छ ।

भ्रमण वर्ष २०२० को उपलक्ष्मा कृषकहरुलाई कृषि सम्बन्धी नयाँ प्रबिधि को जानकारी दिने उद्देश्य ले आयोजना गरिएको कृषि मेला प्रदर्शनी को उद्द्याटन गर्नु हुदै पाख्रीबास नगरपालीका प्रमुख विर्ष बहादुर राइ ले पाख्रिबास को दृिष्ट,पर्यटन र कृषि भन्ने नाराका साथ नगरपालिका ले कृषि र पर्यटन क्षेत्रमा विकास र प्रवद्धन गर्नका लागि विभिन्न योजना तथा काम हरु अगाडी बढाइरहेको जानकरी गराउनु हुदै साथै उहा ले कृषकहरुलाई थप प्रोत्साहन दिने उद्देश्ले कृषि मेलाको अयोजना गरिएको बताउनु भयो ।

त्यस्तै नगरपालीका ले कृषक लाई व्यवसायीक कृषक बनाउन का लागि प्रत्येक वडामा २० ,२० वटा कृषि समुह तथा कृषि फार्म हुनु पर्ने अभियान समेत थालनी गरीसकिएको बताए । कृषि मेलामा नगरका १ सय ३५ जना कृषक हरु ले आ आफ्नो कृषि जन्य सामाग्रि प्रदर्शनिमा राखेका छन् ।

मेलाको उद्दद्याटन कार्यक्रममा पाख्रिबास नगरपालीका को उपमेयर देवकला तिम्सिना , कृषि अनुसन्धान केन्द्र पाख्रीबास का कृषि बैज्ञानीक रितेस प्रसाद सर्मा , वन तथा प्रकृतिक कृषि विस्व विद्यालयका प्राध्यापक सुर्य मणि ढुङगाना , लगाएत ले शुभकामना मन्तव्य रखेका थिए । मेला माघ २८ गते सम्म सञ्चालन हुने पाख्रीनगरपालीका को कृषि साखाका कृषि पा्रबिधिक इन्द्र माया तामाङ ले जानकारि दिनु भयो ।

कृषि प्रद्धशनी मेलामा सहभागी भइ उत्कृष्ट कृषि उत्पादन प्रद्धर्शनी गर्न सफल कृषक हरुलाई पुरस्कार समेत वितरण गरिन्ने आयोजक ले जनाएको छ । मेलमा तरकारी बाली , फलफुल , दलहन र मसला बाली कृषक ले प्रदर्शनीमा राखेका छन् ।

  • 48
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here