• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

धनकुटाको पाख्रिबास नगरपालीका मा वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता जारी
धनकुटा माघ २६
धनकुटाको पाख्रिबास नगरपालीका मा जारी दोस्रो वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आइताबार समुह चरणको ४ वटा खेल सम्पन्न भएको छ । आइताबार सम्पन्न पहिलो खेलमा पाख्रिबास नगरपालीका को वडा नं २ र वडा नं ८ बिच भएको समुह चरण खेलमा ०–२ गोल लगाउदै वडा नं ८ बिजयी भएको छ । त्यस्तै दोस्रो नगर पालीकाको वडा नं ३ र वडा नं ५ बिच भएको खेलमा १–६ गोल लगाउदै वडा नं ३ बिजयी भएको छ ।

तेस्रो खेलमा पाख्रिबास नगरपालीका को वडा नं १० र वडा नं ७ बिच भएको खेलमा दुबै टिम बाट १–१ गोलको बराबरी खेल्दै टुगङगीएको थियो । आइताबार सम्पन्न समुहचरण को अन्तिम खेलमा पाख्रीबास नगरपालीका वडा नं १ र वडा नं ९ बीच भएको खेलमा १–५ गोल अन्तर ले वडा नं ९ बिजयी भएको छ ।

खेलको म्यान अफदि म्याच वडा नं ८ का विकास राई , वडा नं ३ टिम क्याप्टेन अनिल राई , वडा नं १० का टिम क्याप्टेन उज्वल भण्डारी र वडा नं ९ का अविश्यक तामाङ घोषित भएका छन् । खेल फागुन २ गते सम्म सञ्चालन हुने छ ।

नगरको १० वटै वडाले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम र दोश्रो हुने टिमले क्रमश नगद १ लाख ५१ हजार र ७५ लाख ५ सय सहित ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here