•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ फागुन । सैनिक पोशाक लगाएको, कम्मरमा खुकरी भिरेको, एक हातको मुठ्ठी कसेर अर्को हातले बन्दुक उठाएको युवक र युवतीको तस्वीर अंकित जनयुद्धको पहिलो पोस्टर हो ।

हरेक वर्ष जनयुद्ध दिवस आउँदा त्यही पोस्टर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती राख्दै शुभकामना बाँडिरहेको देखिन्छ । तर, यो पोस्टर कसले डिजाइन र्गयो भन्ने कुरा माओवादीकै धेरै नेता-कार्यकर्ताहरुलाई थाहा छैन ।

चितवन नारायणगढका रामचन्द्र (आरसी) पियाले बनाएको त्यो तस्बिर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको छ । १० वर्षे जनयुद्धको जगमा टेकेर माओवादी अध्यक्ष प्रचण्ड दुई-दुई पटक प्रधानमन्त्री बने तर, जनयुद्धलाई उत्कर्समा पुर्‍याउने काममा जग हालेका पिया भने कता छन् कसैलाई थाहा छैन् । उनी यतिबेला गुमनामजस्तै छन् ।

पहिलेदेखि नै जनादेश पत्रिकामा कार्टुन बनाउने उनी माओवादीको समर्थक भएपनि पार्टीको ठोस जिम्मेवारी नभएको बताउँछन् । उनले बनाएका कार्टुनहरु पत्रपत्रकिामा छापिन्थे । गुणराज लोहनी र विष्णु सापकोटासँग मिलेर चितवनबाट ‘नव सिर्जना’ भन्ने पत्रिका निकालेको बताए ।

‘गुणराज सर त मेरो साथी नै हुनुहुन्थ्यो । कृष्णसेन इच्छुक, गोविन्द आचार्यहरुसँग पनि चिनजान थियो । ०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुन्छ, भन्ने हल्ला गाइँगुइँ सुनेको थिएँ ।’ उनले भने, ‘एकदिन गुणराज सरले अब जनयुद्ध सुरु हुने भयो, त्यसको प्रचारको लागि पोस्टर बनाउनुर्पयो भन्नुभयो । उहाँ माओवादीको कुन पदमा हुनुहुन्थ्यो थाहा थिएन । त्यतिबेला सबै गोप्य राखिन्थ्यो । त्यसैले पद खुलाउने कुरा पनि भएन, सोध्ने कुरा पनि भएन । मैले ‘पोस्टरको मेन कन्सेप्ट के हो’ भनेर सोधें । उहाँले ‘जनताले विद्रोह गरेको भाव’ पोस्टरमा आउनुपर्छ , भन्नुभयो । त्यही हिसाबले मोटामोटी डिजाइन गरेर मैले दिएँ ।’

नारायणगढ बजारमा रहेको आफ्नै घरमा बसेर उनले रंगीन पोस्टर डिजाइन गरेको थिए । त्यो डिजाइन गर्न उनलाई तीन दिन लागेको थियो । उनले भने, ‘पोस्टर गुणराजलाई मन परेपछि पार्टीको माथिल्लो निकायमा देखाउँछु’ भनेर त्यो डिजाइन लगेर गएका थिए । पछि माथिबाट पनि ‘ओके भयो’ भनेर मलाई खबर गर्नुभयो।’

पोस्टर कहाँ छापियो उनलाई थाहा छैन । जनयुद्ध सुरु भएपछि उनले आफुले डिजाइन गरेको त्यो पोस्टर जताततै टाँसिएको देखे । जनताको विद्रोहमा थोरै भए पनि योगदान गर्न पाएँ भनेर खुसी लागेको उनले बताए । त्यसपछि पनि जनयुद्धका एक-दुईवटा पोस्टर डिजाइन गरेको बताउँछन् । पोस्टर डिजाइन गर्ने मान्छे को होला भनेर पत्ता लगाउन सुरक्षाकर्मीहरुबाट कोसिस भइरहेको छ भन्ने खबर पाएपछि उनी सतर्क भएका थिए । तर, पोष्टर कसले बनायो भन्ने पत्ता लागेन ।

उनी २०४९ सालदेखि नै वीरेन्द्र क्याम्पसमा पढाइरहेको थिए । अहिले पनि वीरेन्द्र क्याम्पसको ब्याचलर लेभलमा विज्ञान विषय ९जुलोजी० पढाइरहेका छन् उनी । जनयुद्ध सुरु भएपछि उनका साथीहरु पक्राउ पनि परे । तर, कसैले पनि पोस्टर डिजाइन उनले गरेको भन्ने कुरा एक्सपोज गरेनन् ।

‘अहिले पनि माओवादीका धेरै नेता-कार्यकर्ताहरुलाई जनयुद्धको पहिलो पोस्टरको डिजाइनर को हो भन्ने थाहा छैन होला ।’ उनी भन्छन्, ‘त्यतिबेला जनयुद्धको माहोल, जनयुद्धको उत्साह नै बेग्लै थियो । देशका लागि केही गर्नुपर्छ, जनताका लागि केही गर्नुपर्छ भन्ने कुरा भित्रैबाट आउँथ्यो । पार्टीले नयाँ काम सुरु गर्दैछ भन्ने थाहा पाएपछि बेग्लै उत्साह हुन्थ्यो । मैले पनि निकै मन लगाएर जनयुद्धको पहिलो पोस्टरको डिजाइन गरेको थिएँ ।’

तर, माओवादीको अहिलेको अवस्था देख्दा दुःख लागेको उनी बताउँछन् । जनयुद्ध जनताको लेभलबाट जनताले नै गरेको विद्रोहले ल्याएको नेतृत्वले सही मार्गमा जान नसकेको उनको भनाई छ । उनले भने, ‘पार्टी पनि टुटफुट भयो । पार्टीका सबै नेता(कार्यकर्ता, समर्थकहरु निराश छन् । नेताहरुले देश र जनताका लागि सोच्नुपथ्र्यो, तर सोचेनन् । जनताको समस्या के हो भनेर बुझेनन् ।’

जनताका समस्या समाधान गर्नुभन्दा व्यक्तिगत समस्या समाधानमा केन्द्रित भएको उनको गुनासो छ । जनयुद्धमा रगत बगाउनेहरुका परिवार, वेपत्ता भएकाहरुको परिवार, घाइते अपाङ्गहरुले आफूहरुको उचित मूल्यांकन पार्टीले नगरेको गुनासो गरिरहेका छन् । पार्टीका समस्या समाधान गर्न र जनयुद्धको बेलाको जस्तै उत्साह फेरि ल्याउन नेताहरुले पहल गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here