•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा फागुन १०
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्वर प्रदेश समितिले तेह्रथुमको छथर गाउपालीका मा आयोजना गरेको २ दिने विस्तारित वैठक ११ वुँदे छथर समावेशी घोषणा पत्र–२०७६ जारी गर्दै सम्पन्न गरेको छ ।

फोनिजका संघिय सचिव मिलन लिम्वु र कमन देवानको विशेष आतित्थ्यमा सम्पन्न २ दिने विस्तारित वैठकले दशवर्षे जनयुद्ध, ०६२÷०६३ को जनआन्दोलन, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायत उत्पिडित समुदायले गरेको आन्दोलनलाई मध्यनजर गर्दै ऐतिहाशिक पहिचानको आधारमा १ नम्वर प्रदेशको नाम किराँत लिम्वुवान राख्न जोडदार माग गरिएको छ ।

जारी घोषणा पत्रमा सरकारले निर्धारण गरेको न्यूनतम परिश्रमिक प्रदेशभरका सवै संचार माध्याममा लागु गर्न माग गर्दै साना लगानीका संचार माध्यामलाई सरकारको तर्फवाट आर्थिक सहुलियत सरकारको तर्फवाट व्यावस्था गर्न माग गरिएको छ । त्यसैगरी समचार लेखेकै भरमा पत्रकारलाई कुठपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पुर्ण प्रेश स्वतन्त्रताको सुनिश्चितता गर्न तिनै तहको सरकारसंग विस्तारित वैठकले माग गरेको छ ।

प्रदेश नं.१ मा स्थापित मातृ भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यामको प्रवद्र्धन र निरन्तरताको लागी सवै तहको सरकारवाट आवश्याक सहयोग गर्न र प्रेस काउन्सिल नेपालवाट गरिने वर्गिकरणमा विशेष व्यवास्था गर्न माग गरिएको छ । साथै राज्यवाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तिनै तहका साना ठूला लगानीका सवै संचार माध्यामलाई उपलव्ध गराउने व्यावस्था गर्न माग गरिएको छ । त्यसका साथै अनलाईन,रेडियो, टेलिभिजनलाई समेत वर्गिकरणको दायरमा ल्याउन प्रेस काउन्सिलसग माग गरिएको छ ।

जारी घोषणा पत्रमा आदिवासी जनजाति, लोपउन्मुख, अल्पसंख्यक, सिमान्तकृत लगायत सुमदायबाट पत्रकारितामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि लागी तालिम तथा अध्ययन भ्रमणको व्यावस्था गर्न तिनै तहको सरकारसंग माग गरिएको छ । त्यर्सैगरी आदिवासी जनजातिहरुको परम्परा, ज्ञानसिप र प्रथाजनित कानुन्संग नेपालको संविधान २०७२ संग वाँझिएका ऐन कानुन् तत्काल खारेजी गर्न समेत सरकारसंग भाग गरिएको छ ।

त्यसका साथै आदिवासी जनजातिहरुको मौलिक साँस्कृतिक पर्वहरुमा दिईदै आएको राष्ट्रिय विदा समेत तत्काल कायम गर्न भनिएको छ । त्यसैगरी घोषणापत्रको अन्त्यमा, तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा रहेका धार्मिक, ऐतिहाशिक र पुरातात्विक महत्वका पर्यटकिय स्थलहरु मार्गा पोखरी, सौरेनी डाँडा पिकनिक स्पोट, चाङलुङ गुफा, हनुमान मुर्ति, ताक्लुङ गढी, थाक्चोलुङ तोपा माङहिम लगायतको संरक्षण र प्रवद्र्धनको लागी तिनै तहको सरकारसंग माग गरिएको छ ।

साथै, सो क्षेत्रमा रहेको योमुइ चाम्खासिङ यक, बराह क्षेत्रको उद्धगम थलो पाँचकन्या, हाङमालुङ, सेम्माङलुङ, सात तलेधाम, शुक्रवारे भ्यूपार्क, सहिदपार्क, मालिङ गुम्वा, चाङसिङ यक लगायतको संरक्षण तथा प्रवद्र्धनको लागी समेत विस्तारित वैठकले तिनै तहको सरकारसंग माग गरिएको जारी घोषणा पत्रमा उल्लेख्य गरिएको छ ।

साथै, फोनिजका १ नम्वर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले हस्ताक्षर गरेको घोषणापत्रमा विस्तारित वैठकको उद्धघाटन सत्रमा आमन्त्रित प्रमुख अतिथि छथरगाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बु, विशेष अतिथि फोनिज संघिय सचिवद्धय कमन देवान, मिलन लिम्वु, संघिय सल्लाहकार संजयसन्तोषी राई लगायत सहभागी अतिथिहरुलाई वैठक विशेष धन्यवाद् ज्ञापन गर्दछ भनिएको छ ।

यहि फागुण ८ र ९ गते सम्पन्न विस्तारित वैठकमा १ नम्वर प्रदेशका विभिन्न जिल्लाका १ सय भन्दा वढी क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुको समेत सहभागीता रहेको थियो । सहभागी पत्रकारहरुले छथर क्षेत्रको पर्यटकिय स्थलहरुको स्थलगत रुपमा भ्रमण गरेर रिपोटिङ समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here