• 74
  •  
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares

देशकै दोस्रो कान्छो जनप्रतिनिधि तेह्रथुम जिल्ला छथर गाउपालीका को प्रमुख सन्तविर लिम्बु १ टोल १ विकास निर्माणको कार्यक्रम सहित अघि बढ्दै
                                              हरेक जेष्ठ नागरीकलाई गाउपालीका साथि लौरो उपहार
तेह्रथुम ११ फगुन ,
देशकै दोस्रो कान्छो जनप्रतिनिधि तेह्रथुम जिल्ला छथर गाउपालीका को प्रमुख सन्तविर लिम्बुले प्रदेश नं १ का विभिन्न सञ्चार माध्यममा कार्यरत एक सय भन्दा बढि सञ्चार कर्मी पत्रकारहरुको सहभागितामा पत्रकार सम्मेलन गर्दै अहिले सम्म छथर गाँपालीका को उपलब्धि तथा योजनाहरु विषयमा पत्रकार सम्मेलन गरी जानकारी दिएकाछन् ् ।
१ छथर गाँउपालीका ले कृषिमा व्यसायिकरण तथा आधुनीकरण का लागि यसै आर्थिक वर्ष देखि गाउपालिका अध्यक्ष १ टोल १ उत्पादन कार्यक्रमका लागि ५० लाख बजेट व्यवस्थापन गरि कार्यन्वयनमा रहेको र तरकारी ब्लग क्षेत्र , अकबरे खुर्सानी पकेट ,सुन्तला पकेट , मकै वाली पकेट ,दुग्ध पकेट ,फलफुल पकेट क्षेत्र प्रवद्धन लगाएत को कार्यक्रम प्रथमिक्ताका साथ काम भइरहेको ।
२ छथर गाँउपालिकाको ६ वटा वडाहरु मध्ये तमोरले छोएका वडाहरुमा वडा नं ३,४र ५ का सुख्खा ग्रस्त क्षेत्र चरम खानेपानिको अभावका कारण बाध्यत्मक बसाइसराई खानेपानिको अ‍ैचो पैचो अुने ठाँउमा तेलिया खानेपानि योजना , पहरे खानेपानी योजना सञ्चालन गरि तत्काल खानेपानि आपुर्ति भइरहेको । त्यस्तै वडा नं ५ र ६ को हकमा ढाड खोला खानेपानि योजना संचालन क्रममा रहेको र अन्य खानेपानि योजनाको व्यवस्थापन गर्ने योजना रहेको र साथै त्यहाँका जन्ताहरुमा विवाह ब्रतबन्ध ,सुध्याइ जस्ता कार्यमा पात ले हात पुछ्नु पर्ने समस्या भएका ले तत्कालको लागि गाँउ पालिका ले सामाजिक सामुहिक कार्यमा निशुल्क गाउपालिका बाट ५ हजार लिटर पानि ट्याङकर मार्फत सेवा दिने थालनी भएको ।
३ गाउँपालिकाको मुख्य सडक सिधुवा शुक्रबारे सडक वर्षातको समयमा सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा रहेको ले मौषममा सवारी साधन संचालन हुने अवस्थामा रहेको र कालोपत्रे सडक निर्माणका लागि टेण्डर भइ निर्माण कार्य प्रारम्भ भएको । साथै मापदण्डमा आधारीत सडकहरु व्डा जोड्ने सडकहरुलाई वेदर बनाउने कार्य भइरहेको र गाउपालीका चक्रपथ निर्माण भइरहेको ।
४ सामुदायिक विद्यालयमाको शैक्षिक गुण्स्तर बृद्धिका लागि गाउपालीकाले सबै जनप्रतिनिधि , स्थानिय कर्मचारी ,शिक्षकहरुले अनिवार्य सामुदायिक विद्यालयमा आफ्ना वावालिका भर्ना गराउने नितिगत निर्णय गरी कार्यन्वयन भइ सामुदायीक विद्यालयमा विद्यार्थि संख्या बृदि भएको । सबै मावि विद्यालयहरुमा कम्प्यूटर शिक्षाको व्यवस्था गरी कम्प्यूटर शिक्षा प्रवद्धन भएको । साथै छथर क्याम्पस गाउपालीका अध्यक्ष १ करोड अक्ष्यकोष स्थापना गरी क्याम्पसको दिगोपना योजना कार्यन्वयनमा रहेको जानकारी दिइएको छ ।
५ गाउपालीका आफैले स्वास्थ्य ऐन र नियमावलि जारी गरी १५ शैयाको छथर अस्पताल स्थापना गरी आवस्यक स्वस्थ्य कर्मिहरुको व्यवस्थापन समेत गरीएको र यसको दिगोपनाका लागी संघिय र प्रदेश सरकार संग समन्वय भइरहेको । यसै अर्थिक वर्षमा स्वस्थ्य सेवा बाट टाढा रहेका २ वस्तीमा स्वस्थ्य कर्मि सहित सामुदायिक स्वासथ्य इकाइ स्थापना गरी सेवा प्ररम्भ भएको र गाउपालीकाको पहलमा १ स्थानमा बर्थिङ सेन्टर स्थापन गरी सेवा प्ररम्भ भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

६ गाउपालीकाको पर्यटकिय स्थलहरु मर्ग पोखरी , हिन्दुधर्मलम्वीहरुको एकै स्थानमा सबै देव स्थल रहेको र गौथलीको वासस्थान साततले धाम , पुर्वको पुरानो मांलिग गुम्बा , चा¨लु¨ गुफा , खेवा लिम्बुहरको गढी तथा लिम्वुवानको पुरानो रान धानी ताक्लुङ गढी ,ढुङगा खोपेर बनेको हनुमान स्तम्भ , राष्ट्रिय विभुति फगुनन्द ले चिम्टा गाढेको स्थान थाक्चोलुङ माङहिम , खजुम लिम्बुहरुको गढी ,बराह देविको उलगम स्थल ,लिम्बु जातिको हाक्पारेलय उद्गम स्थल हाक्पारा ,सावा लिम्वु जातिको गढि च¨सिक यक , हा¨मालु¨,भ्यू पार्क ,स्पोट ब्लु स्काइ मार्केट , शिवालय मन्दिरहरु ,चर्चहरु सास्कृतिक समुह प्रवद्धन तथा निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिनु भएको छ ।
७ अव्यवस्थीत बजार लाई व्यवस्थीत बनाउन र लालपुर्जा विहिन बजारका घरधुरीहरुलाई लालपुर्जा वितरण लागि भुमि ऐन जारी भएको र यसै आर्थिक वर्षमा आयोग गठन गरी घर नम्वर वितरण र घर जगाको एकिन लगत राख्ने कार्य प्ररम्भ गर्ने योजना ।

८. गाउापालिकामा १ टोल १ विकास निर्माणको कार्य कार्यन्वयनमा रहेको साथै कार्यलयहरु व्यवस्थापन र सबै सरकारी कार्यलयहरु प््रबिधि मैत्रि बनाउने कार्य भइरहेको ।
९. नेपालमै पहिलो पटक छथर गाउपालि सुन्य असुरक्षित गर्भपतन गाउपालीका घोषणा भई ३ स्थानकाट बैधानीक रुपमा निशुल्क सेवा समेत नियमित भइरहेको ।

१०. गाउपालिका सेवामुखि निर्वाचित कार्यकालभरि नियमित सञ्चालन हुने अभियानहरुमा जस्तै स्थनिय सरकार संगैहातेमालो गरेरहिनिरहेको अनुभुती दिलाउनका लागि हरेक जेष्ठ नागरीक घर दैलो उपचार कार्यक्रम । हरेक जेष्ठ नागरीकलाई गाउपालीका साथि लौरो उपहार कार्यक्रम । हरेक जेष्ठ नागरीकहरुलाई दन्त उपहार कार्यक्रम । हरेक वर्ष अन्यन्त्र बाट बसाइसरी आउनेहरलाई व्यसायिक अनुदान रु १ लाख देखि ५ लाख सम्म । वार्षिक दिर्घ रोगि उपचा। कार्यक्रम । वार्षिक गरिव घरधुरीहरुलाई निलो जस्तापाता वितरण कार्यक्रम । यस आर्थिक वर्ष बाट बैदेशिक रोजगार बाट फर्कैका युवाहरुलाई व्यवसायिक अनुदान साझेदारि कार्यक्रम । वाल मैत्रि स्थानीय शासन अभियान र पुर्ण सरसफाई युक्त गाउपालिका घोषणा गर्ने अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

  • 74
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here