•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,
प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिता–२०७६ को उपाधी वडा नं. ७ मौनाबुधुकले हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल अन्तरले पराजित गर्दै उपाधी वडा नं. ७ मौनाबुधुकले उचालेको हो । उपाधीमाथि कब्जा जमाएसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र हात पारेको छ ।

उपविजेता वडा नं. ६ राजारानीले नगद ३० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाएको छ । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलको दोस्रो हाफमा मौनाबुधुकका १२ नम्बर खेलाडी युगेन लिम्बूले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा वडा नं. ३ कुरुलेतेनुपाले वडा नं. ८ बसन्तटारलाई २–४ गोल अन्तरले पराजित गरेको छ । ट्राइबेकरमा बसन्तटारलाई कुरुलेतेनुपाले हराएको थियो । कुरुलेतेनुपा तेस्रो भएसँगै नगद १५ हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र हात पारेको छ । विजेताहरुलाई प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुरस्कार वितरण गर्नु भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गजमेरले यस्ता खालका खेलकुद प्रतियोगिताले गाउँका कुना–कुनामा रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहयोग पुग्ने बताईन् ।

खेलको माध्यमद्धारा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउँदै मन्त्री गजमेरले खेलकुदको विकासको लागि प्रदेश सरकारले प्रशस्त्र बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभिन्न स्थानीय तहहरुले पदको नाममा मेयर कप, अध्यक्ष कप नामाकरण गरेर खेल खेलाउने चलन रहेपनि सबैको अपनत्व हुने गरी गाउँपालिकाको नाममा चौबिसे रनिङ कप फुटबल प्रतियोगिता नामाकरण गरी प्रतियोगिता संचालन गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यस वर्षदेखि शुरु गरिएको प्रतियोगिताको पुरस्कारको राशी थोरै भएपनि आगामी दिनमा पुरस्कारको राशी बृद्धि गर्दै लैजाने गाउँपालिकाका उपाध्यक्ष एवम् खेलकुद विकास समितिका अध्यक्ष यज्ञकुमारी रुचालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here