•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ,
मिस नेपाल २०२० को लागि आवोदन खुल्ला गरिएको छ । सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवोदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ ।
२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ ।

यस वर्षको लागि भने विजेताको पुरस्कार राशी पनि बढाइएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।मिस नेपालको अडिसन देशको विभिन्न ९ शहरमा हुनेछन् । अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अबिबाहित युवाती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् । यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here