• 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौ ,
कोरोनाभाइरस महामारीसँग जुद्नाका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोनाभाइरसको प्रकोपलाई अहिले नै ुप्यान्डेमिकु वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ूतयारीको चरणमाू रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको हो।

स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड(१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ । सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।विश्व स्वास्थ्य सङ्गठनको भनाइ रहेको छ ।

डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना ूनिकै चिन्ताजनकू रहेको बताएका छन्। उनले भनेस् ूके यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छरु पक्कै पनि छ। तर के हामी त्यहाँ पुगि सक्यौरु हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।ू विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ुप्यान्डेमिकु वा विश्वव्यापी महामारी भनिन्छ।

  • 12
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here