महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरिएको छ ।
ओखल्ढुङ्गा खिदेम्ब ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामीलाई लगनखेल बसपार्क स्थित पक्राउ गरेका हुन ।
प्राप्त जानकारी अनुसार गैरकानुनी काम गरेका उनिहरुलाई गोप्य सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।