• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

जन्म ११ सेप्टेम्बर १९२४ मृत्यू २७ नोभेम्बर २०१९ ग्राण्डपास ओरिगन, अमेरिका ।

नदेखिन्जेल कोहो कोहो, देखेपछि मायाँ मोहो हाम्रो समाजको चर्चितउखन जस्तै भयो मेरो जीवनमा पनि । २०१० अक्टुबर महिनाको १० को दिन विहाना मैले जीवनमा नदेखेको र नसुनेको ६५ बर्षदेखि माथिका ८६ बर्ष सम्मकी विभिन्न देशको १३ जना हजुर आमाहरुसंग वासीटन डिसीको विलार्ड इन्टर कन्टिनेटल होटेलको प्रतिच्छ कोठामा भेट भयो । होटेल वासीगटन डिसीको सबैभन्दा पुरानो होटेल पनि हो जस्को निर्माण १८४७ मा भएको थियो । हामीहरु विहानको ७ बजे एउटा करिब ६० जना अटाउने बसमा चढ्यौं, सबैभन्दा पहिलो सिटमा झण्डै ६ फिट अल्ली चिउडोमा तिन धर्क टाटु खोपिक, आफनो परंपराको पोशकमा सजिएकी थिइन, हजुर आमा र उनकी छेउमा छेउमा उमेरले ६० बर्ष जतिकी ५ फिट १० इन्च जति अल्की उनकी चिउडोमा एक धर्का मात्रै टाटु खोपिको महिला थिईन ।

मेरो र नेपालबाट आउनु भएकी हजुर आमा बोम्बो दोस्रो लहरको सिटमा बस्न आदेश आयो । मानौ त्यो बसमा यात्रा गर्ने यात्रीहरु कुनै देशको प्रधान मन्त्रीको सवार झै शिष्टता महापालले व्यवस्था गरे जस्तो गरि क्रमबद्ध तवरले सिट मिलाइएको थियो, आफु पनि ५८ बर्षको बृछ भएकोले त्यस्तै संकोच र आँतिएन, खोहि प्वाँखको मुकुटधारी, कोहि हाम्रा देशका २०१५ साल अगाडि हल्कराले बोक्ने लौरोमा विभिन्न प्रकारको रंगिविरंगी चराहरुको प्वाँखले सजिएको बोकि रहेकी थिइन, कोहि अमेरिकन भैंसीको छाला ओडोर अनुहारभरि पोतिएको लिएर बसेकी थिइन ।

जब बसले वासींटन डिसीको रिङरोडलाई पार गरेर हाइवै ९५ उत्तर दिशतिर लागे, अगिल्लो पंक्तिमा बसेकी हजुर आमाले सोधिन “ तिम्रो नाम के हो ?” मैले मलिनो स्वरले भने मेरो नाम डिग बहादुर हो भने । उन्ले थपिन, “ के तिमी पनि जनजाती हो” मैले हुँ तर हाम्रो देशमा हामीले कहिले पनि हामीहरु जनजाती हो भनेर सम्झिनि बाताबरण आएन । हजुर आमाले भनिन् त्यसो भए तिमी कुुटनैतिक सेवाको व्यक्ति हुनु पर्छ, म निउत्तर भएर बसें म संग सहि उत्तर पनि थिएन, हुन त म करिब तिस बर्षजति कुटनीतिक सेवा अन्तरगतकै संस्थमा सेवरत थिएं । हामीहरु करिब नौ घण्डको बस यात्रा पछि, बादशाही राज्य अथवा न्यूयोर्क राज्यको ओमेका भन्ने संस्थाको प्रांगना पुग्यौं, सबैभन्दा पहिले सबै्रले ससम्मानपूर्वक हजुर आमाकी र उनकी छोरिकी सामानहरु निकाले पछि, गल्फकार्डमा राखी दियो, हजुर आमाले गल्फकार्टको सिटमा बसेर आमा छोरि उकालो लागिन् । सबैभन्दा पछि मेरो सामान र कोठाको व्यवस्थ गर्न एउटी गोरी आइन आरयु मिष्टर तामाङ्ग ? मैले हुँ भने पछि गल्फकार्टमा बस्न भनिन, मलाई क्याविन नम्बर ४६ को जंगल भित्रको सानो कोठमा छोडर ति गोरी बहिनी गइन ।

भोलिपल्ट बन्दसत्रको बैठक थियो, संस्थाको बजेट व्यवस्थपनको बारेमा, मेरो खासै केहि भूमिका थिएन, बाहिरा चउरमा एउटा मोहकजातिको जनजातिले अखण्ड जग्गकोलागि दाउर जोहो गरि रहेको थियो । नोभेम्बर महिनाको पहिलो हप्तमा विहाना बेलुका जाडो नै थियो म घरमा फोन नलागेर छटपटाई रहेको थिएं, नजिकै अलि भिरालो ठाँउमा पसें त्यहाँ सेन्टर फर सेक्रेड स्टाडिकी अनन र डोरिन गफिएर बसेको रहेछ, त्यतैतिर लागे, मैले फोन गर्न सकिएन घरमा, भनेपछि उनिहरुले आफनो हाते फोनबाट घरमा फोन गर्न मिल्छ भने पछि म ढुक्क भएं । भोलिपल्टका बन्दसत्रमा त्याँह धेरे थरिका मानिसहरुको भेला थियो, जब १३ जनाहजुर आमहरु मध्ये संस्थाकी अधक्षको पालो आयो बोल्ने क्रममा उनले भनिन मेरो नाम अक्नास बेकर पिलिग्रिम हो, ब्नलभक भ्mmब द्यबपभच एष्निचष्m म ८५ बर्षकी भएँ टकेलम जातीकी ग्रान्टस पास ओरिगनबाट आएकी हुँ मैले ६१ बर्षकी हुँदा बिए पास गरेर आज यस सस्थानको अध्यक्ष भएर बिश्व भर भ्रमणको क्रममा यहाँ आउने मौका मिल्यो धन्यवाद छ सबैलाई । मेरो मूख्या विषय भनेको अमृत सरीको पानीको विषय हो ।

हामीहरु आवाज रहितहरुको आवाज बोकेर हिडेका छौं, एक दिन यो संसारमा थाम्न नसकिने प्रकारको युद्ध हुने पानीको लागि, कारण हाम्रो शरीरमा ७५ प्रतिशत पानीले भरेको हुन्छ, हामीहरु हामाको पेटमा गर्भधारण गर्दा पानीकै थैलोभित्र हाम्रो जीवन शुरु हुन्छ, हाम्रो यस धर्तीमा प्रवेश हुन भन्दा अगाडि आमो पाठेघरको पानी पहिले फुटछन्, त्यसपछि हाम्रो जन्म हुन्छ, हामीलाई पहिलो छिन पानीले नै न्वाएर सफा गरेपछि, मात्रै हामीलाई न्यानो कपटले बेरेर आमाको काखमा राखे दिन्छन । हाम्रो खानामा पनि पानी बिना पाक्दैन, हामीले पानीनै पिएर खानालाई पचाउन मद्दत गर्छौ, त्यसैले मैले देख्ने भगवान चाँहि हामीले पिउने, न्वाउने, सिंचाई गर्ने, पोखरी खेल्न, हाम्रो खेतबारीमा लगाउने बोटविरुवाहरुलाई दिने पानीलाई मानेको छु ।

यहाँ हामीहरु माझ दुइ जना गौतम बुद्ध जन्मेको देश पवित्र भुमि नेपालबाट हुनुन्छ, तर काठमाडौ सुन्दरनगरलाई दुइवटा पवित्र नदीहरुले घेरेको छ, तर केहि साल अगाडी म र मेरी छोरि नादिना नेपाल गएको बेला हामीहरु ति पवित्र नदीहरुको प्रदुसित देखेर रुयौं यो नबुझेर हो । हाम्रो जीवनमा जति अक्सिजनको आवश्यकता पर्छ न्यतिनै पानीको आवश्यकता पर्छ, न्वाउनलाई पानी, मुख कुल्ल गर्न पानी, सम्झ त हामीहरु पानी विना एक छिन पनि बाँच्न सक्दैनौ । प्रिष्टनका पिएच डिहरु, फ्रोसेसरहरु, लव्दप्रतिष्ठित उपल्लोबर्गका मानिसहरु मन्त्रमुक्त भएर ८५ बर्षकी हजुर आमाकी पवित्र उपदेश सुनेर लाभन्दि भए । करिब १५० जना जति प्राइभेट जेट चडर जापान गए, म रेल चडेर डिसी तिर लागे ।

२०११ मे महिनामा मेरो भेट अलास्कामा भयो, उहाँकी त्यहि उपदेश तथा अर्थि सुनेर संसारको धेरै ठाँउहरुमा घुम्ने मौका मिल्यो, कहिले ब्राजिल, कहिले मोन्टाना, कहिले साउद डकोटा, कहिले मेन्ला, कहिले न्यूयोर्क । तर नोभेम्बर महिनाको १ तारिखको दिन भने नेपालमा भ्रमण गरायौं, बौद्धमा अखण्ड जज्गे, अन्नपूर्णहोटेल अखण्ड जग्गे गरेर, नमबूद्ध आमा बोम्बोको गाँउ सल्लेनिटार काभ्रेजिल्लको । मलाई धेरै माया गर्न हुन्थ्यो, छोरा छोरिहरु नातीनातिनीहरु पलातीनिहरुलाई छोडेर गत सालको नोभेम्बर २०१९ महिनाका २७ तारिखको दिन कहिले नफर्कने गरि यो संसारलाई छोडेर नीर्वान हुनु भो । तर उहाँसंगको सहयात्रा भने अझै मनको भित्री भागमा ताजै छ ।

उहाँले बौद्धभित्र अजीमाको पूजामा गरेको प्रार्थना अझै मेरो मनमा ताजै छ “ हे सृष्टिकर्ता यो नेपाल भूमि भित्र बास बसेका सबै मानिसहरुको सुम्बृद्धिको कामना गर्दै, हामीहरुलाई यस पवित्र भुमिमा आउने मौका दिन भएकोमा आभार व्यक्त गर्न चाहन्छु । एउटा अमितावा बुद्धको मुतिलाई साथमा ल्याउनु भएको थिइन झण्डै बिस दिन बौद्धको होटेल तिव्वत इन्टरनेशनलमा बसेर करिब २५० जना तिर्थयात्रीहरु फर्के ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here