•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / राजधानीमा गीतकार तथा गायक ज्ञान घिसिङ्ग को एल्बम “सम्भभ” बिमोचन गरिएको छ, सेलो संगीतको बरिष्ठ संगीतकार चन्द्रकुमार दोङ्ग र बिशेष कलाकारहरु उपस्थितिमा पत्रकार सम्मेलन गरि एक समरोह बीच बिमोचन गरिएको हो ।

दरबार मार्गमा रहेको CW वारमा गरिएको बिमोचन कार्यकर्ममा ज्ञान घिसिङ्ग को “सम्भभ” बाट दुई ओटा गोरो गोरो मुहार र बर पिपल को गीति म्युजिक भिडियो सार्बजनिक गरिएको हो । दुई ओटा गीतमै शब्द संगीत गायक ज्ञान घिसिङ्गको छ भने गोरो गोरो मुहारमा गायिका दिपा लो लामाले पनि साथ् दिएकि छिन, यो गितलाई पावन वाङ्ग लामाले एरेन्जर र मित्र लामाले मिक्सिङ्ग गरेका हुन् र संगम स्टुडियो बाट रेकर्ड गरिएको हुन्, यस गीति म्युजिक भिडियोलाई युवराज लामाले निर्देशन गरिएको छ , यस भिडियोमा गायक आफै र निरंजाली लामाले अभिनय गरेका छन् । त्यसै गरि वर पिपल बोलको गीतमा पनि स्वयम् गायककै  संगीत रहेको छ र भिडियोमा अभिनय तर्फ गोरो गोरो मुहारकै दुई कलाकरहलाई देख्न सकिन्छ, यस भिडियोलाई शिव वि.क. ले निर्देशन गरेका हुन् अब छिट्टै दर्शक स्रोतहरु माझ भिडियो सार्बजनिक हुदैछ ।

बाक्लो अथिति कलाकारहरुको उपस्थिति र संचारकर्मीहरुको उपस्थितिमा अहिलेको चर्चित कलाकार अभिनेता “हैट” बुद्दिमान तामाङ्ग को पनि उपस्थिति थियो, त्यसैगरी सबै बिशेष अथिति र अथितिहरुले गायक घिसिङ्गलाई शुभकामना एवम हार्दिक बधाई दिईएको थियो, बिमोचन कार्यक्रम गायिका निर्माला घिसिङ्गले संचालन गरेकी थीइन भने कार्यक्रम गायकको आमा फुलमाया तामाङ्ग ले समापन गरेकी थिइन् ।

गायक घिसिङ्ग भुटानी नेपाली रहे पनि नेपाली गित संगीतलाई माया गर्ने एक सर्जक हुन् , गायक बाल्यकालमै भुटानी शरणार्थीको रुपमा नेपालमा थिए , विभिन्न परिस्थितिको कारणले भुटानमा रहेको जायजेथा सम्पूर्ण छोडी नेपालको शिविरमा बस्न बाध्य भए , पछि तेस्रो मुलुक अमेरिका पुगे, घिसिङ्ग अमेरिका रहेर पनि नेपाली गित संगीतलाई असाध्यै माया गर्छन र हरेक साल नेपाल पनि आउने गर्दछन , भन्छन म नेपालि हो नेपाली  साहित्य संगीत मन पर्छ र अध्ययन पनि गर्दैछु सधै साथ दिईरहनेछु  ।


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here