• 302
  •  
  •  
  •  
  •  
  •  
  •  
    302
    Shares

काठमाडौँ / नेपालमा प्राय कयौ युवाहरु बैदेशिक रोजगरिको निमित्त केहि न केहि बहानामा ठगिनु भनेको कुनै नौलो भने होइन, केहि म्यानपावर कम्पनि त केहि एजेन्सीहरुबाट प्रत्यक युवाहरु ठगिदै आएको देखिन्छ । यसै शिलशिलामा एक म्यानपावर कम्पनीबाट दुई सय बेसी युवाहरु ठगिएको छ ।

मकवानपुर जिल्ला पदमपोखरी २ का सनमान गोले नागरिकता न. ३१२४/४७२ ले करिब ३/४ बर्ष देखी दुई सय भन्दा बेसी युवाहरुलाई पोर्तुगल पठाउछु भन्दै लाखौ असुली झन्नै आठ /नौ “८/९ करोड रकम उठाई बेपत्ता भएको छ । इजाजत न. ११४६/७३/७४ रहेको कालिकोट ओभरसिज कम्पनि बाट त्यी दुई सय युवाहरु ठगि भएका हुन् ।

निज फरार म्यनपवार संचालकले पिडित युवाहरुलाई अन्तरबार्ताको लागि नया दिल्ली सम्म पुर्याएको र अन्तरबार्ता सम्म गराइएको थियो, अन्तरबार्ताको केहि महिनापछि संचालक आफै बेपत्ता भएकोले पिडितहरुले बैदेशिक रोजगारीमा समेत ठगि भएको उजुरी गरे त पनि ३०/३५ युवाहरुले मात्र सिमित क्षतिपुर्ति पाएको गुणासो पोखे ।

संचालक सनमान गोले संगै अवतार तामाङ्ग र भिम तामाङ्ग को सयुंक्त संचालनमा रहेको म्यनपवार नै यसरि सम्पर्क बिहिन भएपछी सयौ पिडित युवाहरु पिडामा परेका छन्, बैदेशिक रोजगारीले भने सबै पिडितहरुको क्षतिपुर्ति उपलब्ध गराइदिने आशा देखाए पनि महिनौ बितिसक्दा पनि मौन छन् भने सम्बन्धित निकाय पनि यस बिषयमा बेखबर झैँ बनेका छन् ।

प्राप्त सुचनाको आधारमा ठगि गर्ने सनमान गोले आफै पोर्तुगल पुगेको र बाकि दुई जना संचालक आवतर र भिम दिल्ली रहेको छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान पुर्याई सबै पिडित युवाहरुको क्षतिपुर्ति दिलाई ठगीलाई कानुनको दायरामा ल्याउन सक्यो भने कयौ सपनाहरु बोकेर बैदेशिक रोजगारीको लागि होमिने युवाहरु यस्ता ठगिको गिरोहहरु बाट सजक रहन सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

  • 302
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here