• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

धनकुटा फागुन २४/ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका वडा नं.४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परिक्षा दिन धनकुटा आउने क्रममा सनिवार विहान हृदयघातको कारण मृत्यु भएको छ ।
उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा सनिवार विहान १० वजे मृत्यु भएको हो । शेर्पा लोकसेवाले लिने नासु तहको परिक्षा दिन शुक्रवार काठमाण्डौबाट धनकुटा आएका थिए । मृतक शेर्पा शुक्रवार अपरान्ह ३ वजे धनकुटाको आयुषा होटलमा आएर वास वसेका थिए । उनीसंगै जुम्ला कनका सुनदरी गाउँपालिका वडा नं.२ घर भएका पेश्कल विक्रम रावत, सुर्खेत वराहताल गाउँपालिका वडा नं.७ घर भएका किरण घर्ति मगर र पर्षा जिल्ला वहुदरभाई गाउँपालिका वडा नं.५ घर भएका सरोजकुमार शाहा होटलमासंगै वास वसेका थिए ।
मृतक शेर्पा सनिवार विहान ९ वजे लोकसेवाको परिक्षा दिन निस्कने क्रममा एक्कासी विरामी परेको उनीसंगै होटलमा वसेका पर्षाका सरोज कुमार शाहाले वताए । परिक्षा दिन जानको लागी कपडा लगाउने क्रममा शेर्पा ढल्न लागेपछि आफुहरुले हत्तार हत्तार समाएर जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा पु¥याएर उपचार गरेको शाहाले वताए । शाहासंग भने मृतक शेर्पाको यस अघि लोकसेवाले लिएको परिक्षा दिन इलाममा जाने क्रममा चिनजान भएको वताईएको छ । मृतक शेर्पाको सव जिल्ला अस्पताल धनकुटामा राखिएको छ । मृतकका दाजु मिङमा शेर्पाले सविन मुटु रोगी भएको र मुटुको भल्भको अपरेसन गर्ने तयारी हुँदा हुँदै दुःखद घट्ना भएको वताएका छन् ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here