• 211
  •  
  •  
  •  
  •  
  •  
  •  
    211
    Shares

नेपाली पप गित संगीत बाट उदाएको दिल बोम्जन तामाङले पछिल्लो समयमा एक पछि अर्को गर्दै तामाङ लोक सेलोहरुमा आफ्नो परिचय दिदै सफल हुँदै गएका छन । हाल बोम्जनको ” क्या राम्रो “ गितको म्युजिक भिडियो सहित सर्बजनिक भएको छ ।

” म हु नेपाली ठिटो “ बाट चर्चा बटुलेका गायकले पछिल्लो समयमा “आकास झलमल ताराले” बाट तामाङ लोक सेलोमा पाइला चलेका हुन, सम्पुर्ण सेलो प्रेमिहरुको मनमा यो गित बस्न सफल भए पछि फेरि दोस्रो पटक बोम्जनले ” जुवा त खेल्ने चौकामा “ सर्बजनिक गरे । झन यो गितलाई सबै सेलो पराखिहरुको अत्यन्तै रुचाए ।

लामो समय अस्ट्रेलियामा बसोबस गर्दै आए त पनि गायक बोम्जनले नेपाली गित संगीतलाई र बिशेष लोक सेलो गित संगीतको साथ भने छोड्न सकिएको छैनन, आफ्नै शब्द संगीतमा रहेको ” क्या राम्रो” मा पनि आफैले स्वर दिएका छन भने चन्द सिंहले एरेन्जर गरेका हुन त्यसैगरी गोभिन्द सोनी ले मिक्सिङ गरेका हुन ।

यस गितको म्युजिक भिडियोलाई मनाङको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको देख्न सकिन्छ भने भिडियोमा अहिलेका युवा पुस्ताहरुको रोजाईमा पर्ने भिमफेदी गाईज संगै मोडल सुकमित घिसिङ, चर्चित मोडल निरन्जली लामा र स्वयम् गायकको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस गितको  म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरिएका हुन ।

शैलुङ रामेछापमा जन्मिएका बोम्जनले  एउटा प्राकृतिक रूपमा फुल्दै गरेको फुल र जवानीले भरपुर सजिएको मैच्याङको समय एउटै रहेकोले जसरी प्राकृतिक फुल सबैको मनमोहक हुन्छ त्यसै गरि त्यो आकर्षक मैच्याङको जिउडल, बदामे आखा र स्याउ जस्तो गालाले गायक दिल बोम्जनलाई शब्दमा लोभ्याएको देखिन्छ । समग्रमा हेर्दा गायक बोम्जन लोक मौलिक शब्दहरुलाई समेट्दै तामाङ सहित्य तर्फ उन्मुख भएको देखिन्छ ।

“क्या राम्रो” गितको म्युजिक भिडियो ।।।

  • 211
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here