•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ दिल्ली– विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसबाट दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकहरु उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

नेपालसहितका दक्षिण एवं दक्षिणपूर्वी एसियाली मुलुकहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको र ती मुलुकरुले कोरोना भाइरस नियन्त्रणका लागि आक्रमक योजना अघि सार्नु पर्ने बताएको छ ।

डब्लूएचओ अन्तर्गत दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक पुनम खेत्रपाल सिंहले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि संक्रमितको पहिचान, परीक्षण, उपचार आइसोलेसेनमा जोड दिन आह्वान गरेकी छिन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वभर २ लाख नाघिसकेको छ भने ८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यद्यपि दक्षिण एसियामा भने हालसम्म ५ सय ८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here