•  
  •  
  •  
  •  
  •  
  •  
  •  

जेनेभा-डिसेम्बरको अन्त्यमा वुहानमा पहिलो पटक सुरु भएको कोरोना भाइरसको संक्रमण बुधबार बिहानसम्म १ सय ६५ देशमा विस्तार भइसकेको छ । नेपालकमा तर्फबाट यो भाइरसको संक्रमण नेपालमा आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण–पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।
दक्षिण–पूर्वी एसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्लूएचओ दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहका अनुसार तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी देखिएको छ ।
यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् ।
यहाँका देशले स्पष्ट रूपमा धेरै काम तत्काल गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
डब्लूएचओले दक्षिण–पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई समावेश गरेको छ ।
यसमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । योमध्ये सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना छन् ।
यसैगरी इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् ।
यस्तै नेपाल र भुटानमा पनि १–१ जना कोरोनाबाट संक्रमित भएको डब्लूएचओले जनाएकोे छ ।
यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here