काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगापछि बैठक शुक्रबारबाट अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेका हुन् ।